10 years ago
August 5, 2015
वल्र्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित १९ सदस्यीय नेपाली टोली फ्रान्सको लियोन जाने भएको छ ।
अगष्ट ४ देखि १६ तारिखसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष जोशी, सावित्री खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णु मल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा विश्वरत्न मानन्धर रहेका छन् ।
टोलीसंगै नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटका उपाध्यक्ष यज्ञलाल श्रेष्ठ र कोषाध्यक्ष भैरव शाही, मिडियाबाट विजय पाण्डे र रामकृष्ण आले मगर पनि फ्रान्स जानेछन् । टोली अगष्ट २ तारिख जाादैछ ।
टोलीलाई गजराज जोशी ट्रष्टले झोरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्यो । च्याम्पियनसिपमा विभिन्न १ सय ८८ राष्ट्रका ८ हजार ४ सय प्रतिस्पर्धीको सहभागिता रहने कोषाध्यक्ष शाहीले जनाएका छन् ।
May 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]