7 years ago
February 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।आयोजक लुम्बिनी पिस म्याराथनले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी फागुन १७ गते फागुपूर्णिमाको दिन लुम्बिनीमा चौथो लुम्बिनी शान्ति म्याराथन हुने जानकारी गराएको हो ।
प्रसिद्ध धार्मिकस्थल लुम्बिनीमा हुने चौथो संस्करणको प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुनेछ । म्याराथन (४२.१९५ किलोमिटर), हाफ म्याराथन र ५ किलोमिटर विधा रहेको छ । म्याराथनको विजेताले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रथम पुरस्कार ‘लुम्बिनी अशोक पिस पुरस्कार’ को नाममा राखिएको छ ।
दोस्रो हुनेले ७५ हजार नगदसहित मेडल हात पार्नेछन् । यो पुरस्कारको नाम ‘कपिलवस्तु हुएन सान पुरस्कार’ राखिएको छ । त्यस्तै, तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन । यो पुरस्कारको नाम ‘मायादेवी गार्डेन उल्थान पुरस्कार’ राखिएको छ । फुल म्याराथनमा महिलाको सहभागिता सङ्ख्या कम भएकाले महिला पुरुष एकै विधामा राखिएको म्याराथन निर्देशक बैकुण्ठ मानन्धरले जानकारी गराए ।
हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले २५ हजार नगदसहित मेडल पाउनेछन् ।म्याराथन प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब २ सय ५० जना खेलाडीले भाग लिने आयोजकले दावी गरेको छ । प्रतियोगितामा नेपाल, भारत, चीन, अष्ट्रेलिया, कोरिया र बेलायत लगायतका राष्ट्रका खेलाडीले भाग लिनेछन् ।
म्याराथन प्रतियोगिता सिद्धार्थ गौतम बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै लुम्बिनीमा टुंगिनेछ ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]