default_image

7 years ago

January 30, 2018

युसेन बोल्ट बोरुसिया डोर्टमन्डसँग ट्रायल दिँदै

168 views

0 Bookmark

डोर्टमन्ड (एजेन्सी) – विश्व प्रसिद्ध तथा दिग्गज स्प्रिन्ट धावक युसेन बोल्ट जर्मन क्लब बोरुसिया डोर्टमन्डसँगको ट्रायलका लागि उत्साहित रहेको बताएका छन् । फुटबलमा आफ्नो करियर रहेको-नरहेको उनले सो ट्रायल पछि निर्णय गर्ने बताएका छन् ।

३१ वर्षीय बोल्ट इतिहासकै तेज स्प्रिन्ट धावकका रुपमा चिनिन्छन् । ८ ओलम्पिक गोल्ड मेडल र ११ पटक विश्व च्याम्पियन बोल्टले पछिल्लो वर्ष सन्न्यास लिएका थिए । म्यानचेस्टर युनाइटेडका प्रशंसक रहेका बोल्ट अहिले आफ्नो फुटबल करियरको सुरुवात गर्ने पक्ष्यमा छन् ।

बोल्टले यसअघि युनाइटेडबाट खेल्ने इच्छा व्यक्त गरे पनि सो सफल हुन सकेको थिएन । तर उनको प्रायोजक पुमाले उनको ट्रायल डोर्टमन्डसँग मिलाइदिएका छन् । पुमा डोर्टमन्डको पनि प्रायोजक हो ।

” बोरुसिया डोर्टमन्डसँगको मेरो ट्रायल छिट्टै हुने छ,” बोल्टले बताए । बोल्टले थपे, “सो ट्रायलपछि मैले निर्णय गर्न सक्ने छु कि मेरो फुटबलमा करियर छ वा छैन ।”

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.