7 years ago
January 16, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरेली पूर्व खेलाडीहरुको साझा संस्था भूतपर्व खेलाडी मन्च नेपालले आयोजना गर्ने ‘१२ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’को तयारी सुरु गरेको छ । मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनको तयारी सुरु गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।
पोखरामा धेरै भन्दा धेरै विदेशी खेलाडी भित्र्याउन यस बर्षदेखि मंच ले नेपालको प्रतिष्ठित कम्पनी नेपाल एड्भेन्चरस स्र्पोट्स प्राली संग सम्झौता गरेको छ । पत्रकार सम्मेलनमा मंचका अध्यक्ष गुरुङ र प्रालीका तर्फ बाट निर्देशक शिखर पाण्डेले हस्ताक्षर गरे । सम्झौता संगै कम्पनीले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा बजार पवद्र्धन जिम्मेवारी पाएको छ । सोही क्रममा स्थानिय बजार पवद्र्धन गर्न मंचले पोखराको ट्रेनर्स नेपाल संग सम्झौता गरेको छ । सम्झौता मंचका अध्यक्ष गुरुङ र कम्पनीका तर्फ बाट पुजन कोइरालाले संयुक्त रुपमा हस्ता।क्षर गरे ।
फागुन ७ गते पोखरामा आयोजना गरिने म्याराथन पोखरालाई खेलकुदका विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन शहरको रुपमा बिकास गर्न कार्यक्रमको निरन्तरता भएको अध्यक्ष गुरुङले बताए । उनले ‘पोखरालाई स्र्पोट्स टुरिजमका रुपमा प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरको उत्सवको रुपमा मनाउन पनि यो प्रतियोगिताले भूमिका खेल्ने बताए ।
पोखरा म्याराथनमा यस वर्ष पुरुस्कार राशीमा समेत वृद्धि गरिएको र केही विधा पनि थपिएको मंचले जनाएको छ । यस वर्ष प्रथम हुनेले नगद ७० हजार दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार चौथोले सान्त्वना स्वरुप नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन । १० किमी पुरुष–महिला दौडमा प्रथमले १५ दोश्रोले १० हजार र तेश्रो हुनेले ५ रुपैयाँ पाउने छन् ।
यसै गरि ५ किलोमिटर छात्र–छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार रुपैयाँ पाउने मंचले जनाएको छ । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौड पनि समावेश गरिएको छ । ती विधाका विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार रुपैयाँ पाउनेछन् । मनोरन्जन दौडका रुपमा विभिन्न क्षेत्रमा कार्यरत र आम पोखरेली करिव ३ हजार जनालाई ‘रन फर फन’ को रुपमा दौडाउने योजनामा रहेको अध्यक्ष गुरुङले बताए ।
पोखरा म्याराथन रंगशालाबाट सुरुभई विरौटा, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, रानीपौवा, गौडामुख, भद्रकाली चोक, मियाँपाटन चोक, चाउथे चोक, विरौटा चोक, भोटे चौतारा, रामेश्वर मावि, मझेरीपाटन चोक, निराजन चोक, गलेश्वर चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक–अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन, पोखरा हाउजिङ्ग विरौटा हुदैं इयरपोर्ट पूर्वको बाटो चोर साँघु पुल ६ नं। गेट हुदै रंगशालामा पुगेर समापन हुनेछ ।
त्यसै गरि ५ कि.मी. दौड रंगशालाबाट शुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्क चोकबाट हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक हुँदै रंगशालामा समापन हुने छ । प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ५० हजार रुपैयाँ लाग्ने मंचका सदस्य एवम प्रचार प्रसार संयोजक केशव पाठकले बताए । भूतपर्व खेलाडी मन्च २०५८ सालमा गठन भएको थियो ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]