7 years ago
December 29, 2017
बाँके (हाम्रो खेलकुद)– दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन शुक्रबार ७ वटा इभेन्ट्स भएका थिए । खजुरा गाउँपालिका–२, सीतापुरमा सम्पन्न प्रतियोगिताको महिला जेभलिन थ्रो खेलमा सुदूरपश्चिमाञ्चलकी मिना धामीले स्वर्ण पदक जितिन् । उनले २८.५५ मिटर दुरी थ्रो गर्न सफल भइन् । उक्त खेलमा मध्यपश्चिमाञ्चलकी अनिता चौधरीले रजन र पश्चिमाञ्चलकी सुमित्रा थापा कास्य पदक जितिन् ।
पुरुषतर्फको ५ हजार मिटर दौडमा मध्यपश्चिमाञ्चलका नरेश बुढा प्रथम भए । उनले १६ मिनेट ३९.०२ सेकेन्डमा दौड पुरा गरे । सुदूरपश्चिमाञ्चलका सुनिल सुनारले (१६ मिनेट ४२ सेकेन्ड) दोस्रो र सुदुरपश्चिमाञ्चलकै विवेक सुनारले (१७ मिनेट १२.१४) तेस्रा भए ।
महिलातर्फको ५ हजार मिटर दौडमा मध्यमाञ्चलकी राममाया बुढा प्रथम भइन् । उनले २० मिनेट ४४.९ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । मध्यपश्चिमाञ्चलकै चन्द्रा घर्तीले रजत र सुदुरपश्चिमाञ्चलकी रेखा चन्द कास्य पदक जितिन् ।
पुरुष ट्रिपल जम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी द्वितिय र पश्चिमाञ्चलका प्रकाश थापा तृतिय भए । महिला ट्रिपल जम्पतर्फ मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले स्वर्ण जित्दा मध्यमाञ्चलकी सन्जिया खातुन रजत र मध्यमाञ्चलकै अनुषा राउत कास्य पदक जितिन् ।
पुरुषतर्फको ज्याभलिन थ्रोतर्फमा सुदूरपश्चिमाञ्चलका रमेश पोख्रेल प्रथम, पूर्वाञ्चलका सन्तराम माझी द्वितिय र पश्चिमाञ्चलका आदर्श शाही तृतिय भए । प्रतियोगितामा महिलातर्फ मध्यपश्चिमाञ्चकी जयरानी थारु र मध्यमाञ्चलका भुवन महतो उत्कृष्ट खेलाडी घोषित भए ।
पदक तालिका
टोली स्वर्ण रजत कास्य जम्मा
१. मध्यपश्चिमाञ्चल ११ ९ १ २१
२. मध्यमाञ्चल ५ ४ ५ १४
३. पश्चिमाञ्चल ३ ५ ७ १५
४. सूदुरपशिचमाञ्चल ३ ३ ६ १२
५. पूर्वाञ्चल ० १ ३ ४
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]