default_image

7 years ago

December 27, 2017

राष्ट्रिय जुनियर एथलेटिक्स –मध्यपश्चिमका माधवलाई स्वर्ण

148 views

0 Bookmark

बाँके (हाम्रो खेलकुद) – दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता बुधवारबाट खजुरा गाउँपालिका–२, सीतापुरस्थित शुक्र माविमा सुरु भएको छ । विभिन्न विधाका ५ खेल भएका छन् । पुरुषतर्फको एक हजार ५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी विजयी भए ।

माधवले ४ मिनेट २७. १ सेकेन्डमा दौड पूरा गरि प्रथम हुँदा मध्यमाञ्जका सुभाष थापा ४ मिनेट २७.४ सकेन्डमा दुरी पूरा गरि दोस्रो भए । उक्त खेलमा सुदूर पश्चिमाञ्चलका सुनिल सुनार ४ मिनेट २७.८ सेकेन्ड दुरी पूरा गरि तेस्रो भए ।

बुधवार नै भएको महिलातर्फको १५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी चन्द्रा घर्ती प्रथम भइन् । उनले ६ मिनेट ३५.४ सेकेन्डमा् दुरी पार गरिन् । पश्चिमाञ्चलकी सुस्मिता भट्टराईले ६ मिनेट ४३.६ सेकेन्डमा दुरी पार गरि दोस्रो र सुदूरपश्चिमाञ्चलकी रेखा चन्दले ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरि तेस्रो भइन् ।

पुरुषतर्फको ४ सय मिटर दौडमा सुदूरपश्चिमाञ्चलका केशर रावल प्रथम, सुदूरपश्चिमकै राजेश बहादुर चौधरी दोस्रो र मध्यमाञ्चलका छिरिङ लामा तेस्रो भए । त्यसैगरि, महिलातर्फको ४ सय मिटर दौडमा पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ प्रथम भइन् भने मध्यपश्चिमाञ्चलकी पूजा चौधरी दोस्रो र सुदूरपश्चिमाञ्चलकी अनिता भुल तेस्रो भइन् ।

शटपुट महिला तर्फको खेलमा पश्चिमाञ्चलकी सुमित्रा थापा प्रथम भएकी छन् । उनले ८ दशमलव ४५ मिटर रेकर्ड राख्दा पश्चिमाञ्चलकी अस्मिता सेर्पाली दोस्रो र सुदूरपश्चिमकी मिना धामी तेस्रो भइन् । सेर्पालीले ८ मिटर ४३ मिटर पर फालिन् भने धामीले ८ दशमलव १४ मिटर दुरी फाल्न सफल भइन् ।

पुरुषतर्फको लङजम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी दोस्रो र पूवाञ्चलका सुरज माझी तेस्रो भएको आयोजक बाँके जिल्ला एथलेटिक्स संघले जनाएको छ ।

यसैबीच, खेलकुद प्रतियोगितालाई सहरभन्दा गाउँ केन्द्रीत गर्नुपर्ने सुझाव सम्बद्धले दिएका छन् । दोस्रो जुनियर एथलेटिक्स प्रतियोगिता उद्घाटन कार्यक्रममा सम्बद्धहरुले सहरमा भन्दा गाउँबाट खेलाडी उत्पादन हुने भएकोले प्रतियोगितालाई गाउँ केन्द्रीत गर्दै लैजानुपर्ने बताएका हुन् ।

March 15, 2025

अर्जुन मञ्जुश्री ट्रेल रेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अर्जुन कुलुङ राईले मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करण जितेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समयमा पूरा गर्दै उपाधि जिते । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्ड समय खर्चेर दोस्रो भए । शेर थारु ( […]

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

Success

Thank you for your time.