default_image

7 years ago

December 27, 2017

दोस्रो जुनियर राष्ट्रिय एथलेटिक्स आज सुरु हुँदै

135 views

0 Bookmark

बाँके (हाम्रो खेलकुद) – दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता आज खजुरा गाउँपालिका–२, सीतापुरमा सुरु हुँदैछ । खेलकुदलाई ग्रामिण स्तरसम्म पु¥याई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सीतापुरस्थित शुक्र माविमा जुनियर एथलेटिक्स प्रतियोगिता आयोजना गरिएको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बताए ।

उनले सहरमा बस्नेहरु काममा ब्यस्त हुने र खेलकुद प्रति चासो नराख्ने भएकोले अव प्रतियोगिताका गाउँ केन्द्रीत हुने हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । अध्यक्ष शाहले एथलेटिक्स लगायत अन्य खेलमा थारु समुदायका खेलाडीको सहभागी उल्लेख्य भएको बताउँदै खेल प्रति आकर्षण जगाउन ग्रामिण स्तरमा प्रतियोगिता गर्ने निर्णय लिएको बताए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले २०७५ सालमा नेपालगन्जमा हुन लागेको आठौँ राष्ट्रिय प्रतियोगितालाई गाउँमा समेत गर्ने योजना अनुरुप दोस्रो एथलेटिक्स प्रतियोगिता खजुराको सीतापुरमा गरिएको बताए । उनले खजुरामा हुन लागेको प्रतियोगिताले पर्यटन प्रवद्र्धनका साथै गाउँमा पूर्वाधार निर्माण र ब्यापार, ब्यवसाय फस्टाउने बताए । उनले भने ‘सहर केन्द्रीत खेलकुदलाई गाउँसम्म पु¥याउने राज्यको नीतिलाई सघाउनु हाम्रो पनि दायित्व हो ।’

११ विधा समेटिएको प्रतियोगितामा २० बर्षमुनीका ९० खेलाडीको सहभागिता रहने बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष विक्रम जङ्ग थापाले बताए । पुस १४ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन ५ वटै विकास क्षेत्रका खेलाडी नेपालगन्ज आइसकेको थापाले जानकारी दिए ।

खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले खेलकुदलाई विकास सँग जोड्ने गाउँपालिकाको नीति कार्यान्वयनमा एथलेटिक्स प्रतियोगिताले सहयोग पु¥याउने बताए । उनले खजुरा गाउँपालिकालाई नमुना बनाउन राष्ट्रिय स्तरको प्रतियोगिताका लागि गाउँपालिकाले सहयोग गरेको बताए ।

प्रतियोगिता आयोजक सचिवालयका संयोजक यम नारायण महतोका अनुसार प्रतियोगिता शुरु हुनुभन्दा अघि खजुरा क्षेत्रका विद्यालय, वडा पालिकाको कार्यालय, विभिन्न संघसंस्था, यूवा संजाल लगायतले झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताए ।

 ११ इभेन्ट समावेश
प्रतियोगितामा ट्रयाकतर्फ एकसय मिटर, दुईसय, चारसय, ८ सय, १५ सय, ५ हजार र ४ गुने ४ सय मिटर रिले दौड तथा फिल्डतर्फ हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटफुट, ज्याभलिन थ्रो विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

आर्थिक भार कम गर्न र एथलेटिक्सका सवै खेलका लागि खेलाडी नभएकोले प्रतियोगितामा ११ इभेन्टका खेलमात्र हुने प्राविधिक उपसमितिका संयोजक चन्द्र बहादुर गुरुङले जानकारी दिए ।

उनले ५ वटा विकास क्षेत्रबाट ९० जना खेलाडीको सहभागिता रहने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा हुने युथ तथा जुनियरतर्फका वल्र्ड च्याम्पियनसीप, युथ एशियनच्याम्पियनसीप लगाउत ठूला प्रतियोगिताका लागि छनोट स्पर्धाका रुपमा समेत यो प्रतियोगितालाई लिइएको छ । ’

 

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.