9 years ago
December 23, 2015
दिपक बोहोरा, पांचथर
राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरिय खेलकुद प्रतियोगितामा मापदण्ड पुगेका बिद्यालय समेत सहभागी नहुने कारण सक्षम खेलाडी छनौट गर्ने सरकारी योजना असफल बन्दै गएको छ । पांचथर क्रमिक रुपमा बिद्यालयहरु प्रतियोगिताका लागि नआउने क्रम बढे पछिखेलाडि छनौटमा समस्या भएको हो ।
अघिल्लो बर्ष पांचथरको क्षेत्र नम्बर १ मा माबि र उच्च माबि गरेर १८ बिद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । यस बर्ष भने ७ बिद्यालयले मात्रै उपस्थिति जनाए । आयोजक जिल्ला खेलकुद बिकास समितिले जिल्ला शिक्षा कार्यालयले समन्वय नगरिदिएका कारण बिद्यालयको सहभागिता कम भएको बताएको छ । अघिल्ला बर्षको अभ्यासलाई हेर्ने हो भने जिल्ला शिक्षा कार्यालय मार्फत बिद्यालयलाई निमन्त्रणा गर्ने कार्य भईरहेको थियो । जिल्ला खेलकुद बिकास समिति अध्यक्ष बाबा मिन्याङबोले भिनिन्–यस पटक शिक्षाले समन्वय नगर्दिादा ४० बढि बिद्यालय आउनु पर्ने प्रतियोगितामा जम्म ७ बिद्यालय मात्रै सहभागी भए । प्रतियोगिताबाट सयौ क्षमतावान खेलाडीले अवसर गुमाएको समितिको ठहर छ । अघिल्लो बर्षका उत्कृष्ठ बिद्यालय समेत यस बर्ष प्रतियोगितामै सहभागी भएनन । सहभागी नभएका बिद्यालयले आफुलाई प्रतियोगिता कहाा र कहिले हुने भन्ने बारेमा आधिकारीक जानकारी सम्म नभएकाले बिद्यालयले सहभागिता जनाउन नसकेको बताएका छन । आधिकारीक जानकारी बिना कसरी जाने ।
भारपामा रहेको सिद्धेश्वरी उच्च माबिका प्रधानाध्याप इन्द्रप्रसाद रिजालले भने– हल्लाकै भरमा जाने कुरो भएन । बिद्यार्थीलाई लाने/ल्याउने, खाने/बस्ने गर्दा खर्च हुन्छ, त्यसको तयारी गर्न पनि समयमा जानकारी नहुादा समस्या भएको हो । जानकारी नै नभएका कारण बिद्यालयमा राम्रा खेलाडी भए पनि सहभागी हुन सकिएन । समितिले जिल्ला शिक्षा कार्यालयले समन्वय नगर्दा कम बिद्यालय मात्रै सहभागी भएको बताए पनि जिल्ला शिक्षा कार्यालयले भने त्यसो नभएको बताएको छ । हामीले स्रोत ब्यक्तिको बैठक देखि स्वयम बिद्यालय सम्म राष्ट्रपति रनिङ शिल्डका बिषयमा कुरा गरेका हौ ।
जिल्ला शिक्षा अधिकारी राजकुमार बिकले भने–क्यलेण्डरमा भएको बिषय घरीघरी जानकारी गराईरहनु पर्दैन भन्ने हाम्रो बुझाई हो । त्यसो हुादाहुादै पनि हामीले स्रोत केन्द्र मार्फत पत्र पठाएका हौ । त्यसको बोधार्थ जिल्ला खेलकुद बिकास समितिलाई समेत पठाईएकाले समितिले शिक्षालाई दोष दिन मिल्दैन। सरकारले बिद्यालय तहबाट क्षमतावान खेलाडीलाई छनौट गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्ने भन्दै प्रति निर्वाचन क्षेत्र ५० हजारका दरले प्रतियोगितामा लगानी गर्दै आएको छ । सोही बजेटमा रहेर पांचथर क्षेत्र नम्बर १ को प्रतियोगिता गणेश उच्च माबि सम्पन्न भएको छ । क्षेत्र नम्बर २ को प्रतियोगिता पुस ९ गते देखी ११ गते सम्म राबिमा गरेर जिल्ला स्तरको प्रतियोगिताको तयारी भइरहेको जिल्ला खेलकद बिकास समितिले जनाएको छ । प्रतियोगिताको आयोजना गर्ने निकाय र समन्वयकारी निकायमा देखिएको हानथापले सक्षम खेलाडीले अवसर गुमाईरहेको सरोकारवालाको भनाई छ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]