default_image

7 years ago

December 15, 2017

राखेपले ओलम्पियनलाई चन्द्रागिरी हिल्स भ्रमण गरायो

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा रहेका ओलम्पियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज चन्द्रागिरी हिल्सको अवलोकन गराएको छ । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था गर्ने बताएका छन् ।

विष्टले राखेपले पहिलो पटक नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको र बाँकी ओलम्पियनलाई पनि मासिक भत्ता उपलब्ध गराउने बताएका हुन् ।

‘नेपालको तर्फबाट पहिलो पटक ओलम्पिकमा भाग लिनेलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराउदै आएका छौं । बाँकी ओलम्पियनलाई पनि सम्भवतः आगामी माघ/फागुनदेखि आन्तरिक व्यवस्था गरी मासिक तीन हजार उपलब्ध गराउने तयारीमा छौं , उनले भने, आउने आर्थिक वर्षदेखि मासिक ५ हजार दिने गरी व्यवस्था मिलाउने छौं । साथै दक्षिण एसियाली खेलकुदका रजत र कांस्य पदक विजेतालाई मासिक भत्ताको व्यवस्था समेत गर्ने छौं ।’

सदस्य–सचिव विष्टले भ्रमण कार्यक्रम त्यत्ति ठूलो नभएपनि उपत्यकामा उपलब्ध सबै ओलम्पियनलाई एकै थलोमा भेटघाट गराउने उद्देश्यले चन्द्रागिरी हिल्स भ्रमणको आयोजना गरिएको बताउदै कार्यक्रम सानो/ठूलो भन्दा पनि खेलाडी प्रति सदभाव राख्नु र खेलाडीहरुलाई सम्झिनु महत्वपूर्ण हुने बताए । उनले उपत्यका बाहिरका ओलम्पियनको सम्मान पनि उनीहरुकै क्षेत्रमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा उपत्यकामा उपलब्ध पुराना पुस्ताका ओलम्पियन नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीदेखि नयाँ पुस्ताकी ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलगायत गरी ३० ओलम्पियन उपस्थित थिए । राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले एसियाली खेलकुदका लागि शीघ्र तयारी थाल्नु पर्ने जनाउँदै गरिब भनिएका मुलुकले पनि खेलकुदमा ठूलो फड्को मार्न सक्ने क्षमता रहेको बताए । कार्यक्रममा ओलम्पियनलाई चन्द्रागिरी हिल्स अवलोकन/भ्रमण कार्यक्रममा सहुलियत प्रदान गरेको चन्द्रागिरी हिल्स लि. लाई राखेपले प्रशंसा पत्र प्रदान गरेको थियो ।

भ्रमण कार्यक्रमअघि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ओलम्पियनलाई ट्रयाकसुट वितरण गरिएको थियो भने राष्ट्रिय टिम तयारीमा रहने खेलाडीका लागि राखेपले खरिद गरेको बसको पनि सदस्य–सचिव विष्टले उद्घाटन गरेका थिए । राष्ट्रिय टिम तयारीमा रहने खेलाडीको सुविधालाई ध्यानमा राखि बस खरिद गरिएको बताउदै सदस्य–सविच विष्टले हाल एउटा बस मात्र खरिद गरिए पनि थप ३ बस खरिदका लागि प्रकिया अगाडि बढाइने जानकारी दिए ।

 

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

March 30, 2025

पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स […]

March 23, 2025

एम्सको बोर्ड बैठक नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक अर्को वर्ष नेपालमा हुने भएको छ । २०८२ जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ । कुनै […]

Success

Thank you for your time.