7 years ago
December 14, 2017
काठमाडौं (काठमाडौं) – नेपाली सेनाको आयोजनामा तेस्रो संस्करणको प्रधान सेनापति तेस्रो खुुला म्याराथन माघमा हुने भएको छ । सेनाले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता शिवरात्रीको दिन आगामी माघ २७ गते आयोजना गर्न लागिएको जानकारी गराएको छ ।
नेपाली सेनाले ‘रन फर फन’ को रुपमा दुईवर्ष अघिबाट म्याराथन आयोजना गरेको थियो । म्याराथन सैनिक मञ्च, टुडिंखेलबाट शुरु भई काठमाडौं उपत्यकाको भक्तपुर, महाराजगञ्ज लगायत विभिन्न स्थान भई सोही स्थान पुगेर टुंगिने बताइएको छ । म्याराथनमा (४२.१९५ किलामिटर), पुरुष खुला, हाफ म्याराथन महिला/पुरुष खुल, १० किलोमिटर सैनिक सहचारी/विदेशी र सैनिक अधिकृतहरुको प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै ५ किलोमिटर (सैनिक बिद्यालयका छात्र/छात्रा र नेपाली सेनाका सकल दर्जाका छोराछोरीहरु), ५ किलोमिटर वाकाथन (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निजामती उच्च पदाधिकारीहरु) गरी पाँच विधाहरु समावेश गरिएको छ । पुरुष म्याराथनको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाचौ र छैटौ हुनेले क्रमशः ७ हजार र ५ हजार प्राप्त गर्नेछन् ।
यस्तै हाफ म्याराथन पुरुषतर्फ ४५ वर्षमुनि र महिलातर्फको ४५ वर्ष मुनिको विजेताले २५ हजार रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १०–१० हजार र तेस्रो हुनेले समान ५–५ हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फको ४५ वर्ष माथि र महिलातर्फको ४५ वर्षमाथिको विजेताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश : १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।
यस्तै पुरुष विदेशी र महिला दुवै तर्फको शीर्ष तीनमा आउनेले समान ४ हजार रुपैयाँसहित ट्रयाकसुट र लेटर अफ एप्रिसिएसन प्राप्त गर्नेछन् । ५ किलोमिटर स्कुल छात्र र छात्राको विजेताले समान ७ हजार रुपैयाँ गर्नेछन् । दुवै तर्फको दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार र ३ हजार प्राप्त गर्नेछन् । अघिल्लो संस्करणका पुुरुषतर्फ एपिएफका क्लबका गोपीचन्द्र पार्की र महिला तर्फ विश्वरुपा बुढाले उपाधि जितेका थिए । पहिलो संस्करणको उपाधि सेनाका हरि रिमालले जितेका थिए ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]