7 years ago
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रोजगारीका लागि विदेशिने खेलाडीको सुचिमा एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरीको नाम पनि थपिएको छ । केशरी रोजगारीका लागि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तर्फ लागेकी छिन् । त्यसतर्फ जानुअघि उनले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएको बताइएको छ ।
केशरी चौधरी दुवई जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर -प्रशिक्षक चन्द्र गुरुङको फेसबुकबाट
उनी दुबई पुलिसमा आबद्ध हुने बताइएको छ । अब उनले नेपाललाई प्रतिनिधित्व गर्ने सम्भावना कम रहेको छ । २६ वर्षे केशरीले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई दसौं पटक सम्म तोडेकी थिइन् । उनले सन् २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा सय मिटर दौडमा पनि भाग लिएकी थिइन् । उनी महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व सदस्य समेत हुन् ।
२००८ मा एसिसी युथ–१९ महिला च्याम्पियनसिपको उपाधि जित्दा उनी अलराउन्डरको भूमिकामा थिइन् । २०६७ सालदेखि नेपाल प्रहरीमा आबद्ध केशरीको नाममा अहिले पनि हाइजम्प, लङजम्प, ट्रिपल जम्प र सय मिटर हडल्र्समा गरी ४ राष्ट्रिय कीर्तिमान छन् । केशरीले बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशको प्रतिनिधित्व गरेकी थिइन् ।
त्यस्तै भारतमा दुई वर्षअघि भएको १२ औं सागमा पनि चुनौति पेश गरेकी थिइन् । उनले पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुदमा पनि ३ स्वर्ण र एक कास्य पदक जितेकी थिइन् । नेपाली एथलेटिक्सका प्रशिक्षक चन्द्र गुरुङले केशरी विदेशीदा ट्रयाक एन्ड फिल्डमा ठूलो क्षति पुग्ने बताए ।
‘उनी नेपाली एथलेटिक्सको प्रतिभाशाली खेलाडी हुन् । उनी विदेश गएपछि यसको असर नेपाली खेलकुदमा प्रष्ट देखिनेछ ’ सानै उमेरदेखि केशरीलाई प्रशिक्षण दिएका गुरुङले भने, ‘उनी नेपाल आएको बेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना नहुन सक्छ । केशरी पलायन पलाउन हुनु नेपाली एथलेटिक्सको लागि ठुलो घाटा हो ।’
उनलाई नजिकबाट चिन्ने खेलाडी अनुसार झन्डै ८ वर्ष पुलिसको जागिरे हुँदा पनि बढुवा नभएपछि उनी निरास भएर जागिर छाडेर विदेशिन परेको बताउँछन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]