default_image

7 years ago

December 13, 2017

युवराज लेभल टु प्रशिक्षक हुन सफल

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाल ट्रायथलनका प्रशिक्षक युवराज सुनुवार लेभल टु प्रशिक्षक हुन सफल भएका छन् । कोरियाको ईन्चोनमा सम्पन्न लेभल टु प्रशिक्षण कोर्षमा सुनुवार उत्तीर्ण भएको नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।
सुनुवार दक्षिण एशियामै लेभल टु प्रशिक्षण कोर्ष उत्तीर्ण गर्ने एक मात्र प्रशिक्षक भएको श्रेष्ठले बताए । सुनुवारको सफलता नेपालमा ट्रायथलनको विकास र विस्तारमा निकै नै महत्वपूर्ण स्थान रहेको र दक्षिण एशियामा नेपालले ट्रायथलनमा फड्को मार्ने श्रेष्ठले जानकारी गराए ।
यसका साथै नेपालमा लेभल टु कोर्ष गर्ने एक प्रशिक्षक सुनुवार सहित एक ओटी (प्राविधिक अधिकृत) धनेश प्रजापती रहेका छन् । नेपालमा ट्रायथलनको स्थापनाको छोटो अवधिमा नै यस खेलले निकै फड्को मार्न सफल भएको छ । नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनुका साथै पदक हासिल गर्न सफल भई सकेका छन् ।
कोरियन खेलकुद मन्त्रालय तथा कोरियन ओलम्पिक कमिटिको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय ट्रायथलन युनियनको सहयोग तथा कोरियन ट्राईयाथलन महासंघको आयोजनामा लेभल टु प्रशिक्षक कोर्ष भएको थियो।  १४ देखि १८ नोभेम्बर, २०१७ सम्म भएको  सो कोर्ष नेपाल सहित विश्वका ३१ राष्ट्रका ५८ प्रशिक्षकहरुको सहभागिता रहेको थियो

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.