7 years ago
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालबाट दुई म्याराथन धावक गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठले चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । म्याराथन नोभेम्बर २६ तारिखमा हुँदैछ ।
तीन सदस्यीय टोली बिहिबार प्रस्थान गर्दैछ । टिम अफिसियलमा नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम रहेका छन् । गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए ।
गोपीको समय २ घण्टा २३ मिनेट ०१ सेकेन्ड तथा होमको समय २ घण्टा २२ मिनेट २६ सेकेन्ड रहेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार बिदाइ गरे ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]