default_image

7 years ago

October 30, 2017

नेपालगन्ज म्याराथन अर्को महिना

109 views

0 Bookmark

 

नेपलागन्ज (हाम्रो खेलकुद) – नेपालगञ्ज म्याराथनको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ मंसिर ५ गते म्याराथन आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्यान्ड्सले सोमबार पत्राकर सम्मेलन मार्फत जानकारी दिएको छ ।

दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदैआएको बताइएको छ । आयोजक क्रियटिभ ह्यान्डका अध्यक्ष टीएस ठकुले यसपटक पुरस्कार राशीमा पनि बृद्धि गरेको बताए ।

पुरुष खुल्लातर्फ विजेताले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसपटक ५ हजार रुपैयाँ बृद्धि गरिएको हो । दोस्रोले २५ हजार, तेस्रोले १५ रुपैयाँ पाउनेछ् । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जनालाई पुरस्कृत गर्ने क्रममा चौथो स्थान हासिल गर्नेले १०, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ दहजार र आठौंले ५ हजार रुपैयाँ पाउने बताइएको छ ।

नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहदेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् । गत बर्ष नेपाली सेनाका कृष्ण बस्नेत विजेता बनेका थिए ।

महिला खुल्ला हाफ म्याराथनमा विजेतालाई ३० हजार दोस्रो हुनेले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कान्छीमाया कोजु दोस्रो संस्करण २०१६ की विजेता हुन् ।

त्यस्तै विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । यसमा पनि नगद पुरस्कार व्यवस्था गरिएको कार्यक्रम संयोजक विक्रमजंग थापाले जानकारी दिए । अपाङगता भएका व्यक्तिहरुका लागि खुला एक किलोमिटर ट्राइसाइकल दौडमा पनि नगद पुरस्कार राखिएको छ । त्यस्तै, म्याराथनलाई भब्य बनाउन गत बर्षदेखि सुरु गरिएको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितालाई पनि निरन्तरता दिइएको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आसन्न आठौं राष्ट्रिय खेलकुदलाई पनि टेवा पुग्ने भएकाले यस म्याराथनको भब्यता र सफलतासँग समग्र खेलकुद जोडिने भएकाले सबैलाई सहकार्य र सहयोग गर्न आग्रह गरे ।

नेपालगन्ज म्याराथनलाई ब्राइटल्याण्ड स्कुलले मुख्य साझेदारी गर्दै आएको छ । नेपालगन्ज म्याराथनलाई निरन्तर सहकार्य गर्ने ब्राइटल्याण्ड स्कुलका भाइस प्रिन्सिपल राजा तिमिल्सिनाले बताए । नेपालगन्जको चिनारीका रुपमा विस्तार हुँदै गएको म्याराथनलाई व्यक्तिगत र संस्थागत सहयोग गर्ने सांसद साविया प्रवीणले बताइन् ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रका निर्देशक जयन्तकुमार शर्माले प्राविधिक रुपले कुनै कसर नराख्ने बताए । नेपालगन्ज म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना रहेको आयोजक क्रियटिभ ह्याण्डस् अध्यक्ष ठकुरीले बताए ।

 

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.