9 years ago
December 9, 2015
काठमाडौं, मंसिर २३ गते ।
नेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ ।
ताइवानमा अप्रिलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका कांस्य विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स (आईवास) का कांस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले उनीहरुलाई सम्मान पत्र, नगद १०–१० हजार र तेक्वान्दो पोशाक प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा टर्कीमा सेप्टेम्बरमा भएको छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दोमा सहभागी खेलाडी सीता भण्डारी, अनिता थापा र चिन्ताबहादुर कुँवर, टिम प्रशिक्षक कल्याण कुँवर र व्यवस्थापक रवि थापा पनि सम्मानित भए । ताइवानको प्रतियोगितामा सहभागी खेलाडी हीरामणि अधिकारी, प्रशिक्षक यादव कुँवर र व्यवस्थापक कासिम मिया तथा रुसको प्रतियोगितमा सहभागी खेलाडी अनित थापा र चिन्ताबहादुर कुँवर, प्रशिक्षक मीनबहादुर थापा र व्यवस्थापक कासिम मियालाई पनि सम्मान गरिएको थियो ।
सम्मानपछि सदस्य–सचिव विष्टले तेक्वान्दोको विगतको शाखलाई जोगाउन दुई तेक्वान्दो एक हुनु पर्नेमा जोड दिए ।
त्यसै अवसरमा सीता, हीरामणि, रञ्जना, अनित र चिन्तालाई कुकिवानबाट प्राप्त पहिलो डानको प्रमाण पत्र प्रदान गरिएको थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]