9 years ago
December 9, 2015
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले बुधबार छैटौं डान प्रदान गरेको छ ।
पारा तेक्वान्दो खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले छैटौं डानको प्रमाण पत्र प्रदान गरे ।
विष्ट दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता तथा एसियाली खेलकुदका २ कांस्य विजेता हुन् । छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली पुरुष खेलाडी हुन् ।
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]