7 years ago
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लिग लिग कोट विकास अभियानको आयोजनामा गोरखामा आठौं संस्करणको लिगलिगे दौड यसपटक असोज ९ गते हुने भएको छ । आयोजक लिग लिग कोट विकास अभियानले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आठौं संस्करण आयोजनाको जानकारी दिएको हो ।
दौड चेपेघाटबाट शुरु भएर लिग लिग दरवारमा पुगेर टुंगिने छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरि करिव १ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्र्ने लिग लिग विकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी दिए । यसपटक पुरुषतर्फ यसअघिका उपाधि विजेता भुमिराज राई, हरिकुमार रिमाल र अनिष थापामगर र महिलातर्फ कान्छीमाया कोजु र मिरा राईले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी गराए ।
दौडको विजेताले ५० हजार ५ सय ५ सहित श्रीपेच,दोस्रो हुनेले ३० हजार ३ सय ५, तेस्रोले २० हजार २ सय ५, चौथोले १० हजार १ सय ५ रुपैया प्राप्त गर्नेछन् । यस्तै पाँचौ देखि आठौ हुनेले क्रमशः ५ हजार ५, ४ हजार ५, ३ हजार ५ र २ हजार ५ प्राप्त गर्नेछन् । यस्तै समावेशी महिला र स्थानीय विजेताले १५ हजार ५, दोस्रो हुनेले १० हजार ५ र तेस्रो हुनेले ५ हजार ५ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
दौड प्रतियोगिता सञ्चालन गर्न करिव १४ लाख ४४ हजार ८ सय खर्च हुने आयोजकले अनुमान गरेको छ । खर्च रकम राखेप, नगरपालिका र अपुग रकम चनद सहयोगबाट पूरा गरिने लिग लिग बिकास अभियानका अध्यक्ष रानाले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको लिग लिग दौड विस १६०४ बाट शुरु भएको मानिन्छ । लिग लिग दौड तत्कालीन समयमा हरेक वर्ष लिग लिग कोटको राजा छान्ने अभिप्रायले गरिने इतिहास छ ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]