9 years ago
December 4, 2015
काठमाडौं
धनुषाका पुष्पेन्द्रकुमार गोईत र नेपाल प्रहरीकी चन्द्रकला लामगादेले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगितामा शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
पुरुषको लङजम्पमा पुष्पेन्द्रले ७.०९ मिटर छलाङ लगाउदै कृष्णबहादुर गिरीले बनाएको ७ मिटरको कीर्तिमान भंग गरे । कृष्णले सन् १९९९ मा आठौं दक्षिण एसियाली महासंघीय खेलकुदका लागि आयोजित छनोट प्रतियोगितामा कीर्तिमान रचेका थिए । पुष्पेन्द्रलाई दीपेन्द्र गोईतले प्रशिक्षण दिइरहेको दीपेन्द्र स्वयंले दाबी गरेका छन् । नेपाल आर्मी क्लबका छविलाल चौधरी दोश्रो तथा डिल्ली खत्री तेश्रो भए ।
चन्द्रकलाले महिलाको सटपुट (छेलो) मा १०.७५ मिटर फाल्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन् । चन्द्रकलाले १९८६ मा वीरगन्जमा भएको राष्ट्रिय एथलेटिक्समा मन्जु श्रेष्ठले कायम गरेको १०.६९ मिटरको कीर्तिमान तोडेकी हुन् ।
चालू प्रतियोगितामा चन्द्रकलाको यो दोश्रो कीर्तिमान हो । पहिलो दिन बिहीबार चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै ज्याभ्लिनमा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेकी थिइन् । आर्मीकी सीता शाही दोश्रो र प्रहरीकी बसन्ती चौधरी तेश्रो बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा आर्मीका सोम कुमाल पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ४९.७ सेकेन्ड समय खर्चे । एपीएफ क्लबका आशिष चौधरी दोश्रो र आर्मीका हिमाल केसी तेश्रो भए । सोही स्पर्धाको महिलामा एपीएफकी दिलमाया कार्की ५८.८ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । प्रहरीकी मानमति विष्ट दोश्रो र एपीएफकी सविता चौधरी तेश्रो भए ।
महिला लङजम्पमा आर्मीकी कृष्णा चौधरी ५.२६ मिटर हामफाल्दै पहिलो भइन् । एपीएफकी शिला चौधरी दोश्रो र आर्मीकी रमिता चौधरी तेश्रो भए ।
पुरुष सटपुटमा आर्मीका राजेन्द्र बस्नेत पहिलो भए । उनले १३.८७ मिटर टाढा फाले । एपीएफका पुस्कल खड्का दोश्रो र प्रेम हुचिङ तेश्रो भए ।
पुरुष ४ सय मिटर हर्डल्स (बाधा दौड) मा शीर्ष तीन स्थानमाथि आर्मीकै खेलाडीले कब्जा जमाए । ५७.५ सेकेन्ड समयसाथ अशोक कुँवर पहिलो भए भने पदम कार्की दोश्रो र महावीर भुजेल तेश्रो भए । उक्त स्पर्धाको महिलामा १ मिनेट १३.२ सेकेन्ड समय निकालेकी आर्मीकी दुर्गा देवकोटा पहिलो भइन् । यो स्पर्धामा दुर्गाले कुनै प्रतिद्वन्द्वी पाइनन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
भारतमा माघ–फागुनमा हुने १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ र जुडो खेलाडीको छनोट प्रतियोगिता हुने भएको छ ।
सुटिङको छनोट मंसिर २२ देखि २४ गतेसम्म हुने भएको छ ।
त्यस्तै जुडोको छनोट शनिबार र आइतबार हुने कार्यक्रम छ । दुवै प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा हुनेछ ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]