default_image

10 years ago

November 15, 2015

ट्राइयाथलनमा डेनिस प्रशिक्षक

138 views

0 Bookmark

छिमेकी राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्येनजर राख्दै नेपाल ट्राइयाथलन संघले डेनिश प्रशिक्षकलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

Peter Jakobsen, Triathlon Coach for nepalकास्कीको वेगनाश तालमा भएको सातौ राष्ट्रिय प्रतियोगिता अन्तरगत चौथौं राष्ट्रिय ट्राइयाथनल प्रतियोगिताबाट सागको लागि छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी उत्कृष्ट नतिजा ल्याउने उद्धेश्यले ५१ बर्षिय बिदेशी प्रशिक्षक पिटर ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

प्रशिक्षक ज्याकोवसन ट्राइयाथनल प्रशिक्षकका साथ साथै शारीरिक र मानसिक प्रशिक्षणका ज्ञाता समेत रहेका छन् । उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी हुनुका साथै ट्राइयाथनलका निकै अनुभवी प्रशिक्षक समेत रहेका छन् । उनले डेनमार्क, जर्मनी, जिम्वाब्वे, म्यानमार, सिङ्गापुर र कम्वोडियामा प्रशिक्षकको रुपमा रहेर काम गरिसकेका छन् ।

सागमा स्वर्ण पदक हासिल गर्ने उद्धेश्यका साथ तयारीमा जुटेको नेपाल ट्राइयाथलन संघले आफ्नो उद्धेश्यलाई मूर्तता प्रदान गर्न बिदेशी प्रशिक्षकलाई भित्राएको संघका महासचिव निलेन्द्र राज श्रेष्ठद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा जनाईएको छ ।

हाललाई साग सम्मको सम्झौता भएता पनि नेपाली ट्राइयाथलनलाई उत्कृष्ट बनाउनको लागि आगामी २ देखि ४ बर्ष सम्म ज्याकोवसनलाई नेपाली राष्ट्रिय प्रशिक्षकको रुपमा नेपालमा राख्न पहल गर्ने महासचिव श्रेष्ठले बताए ।

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

Success

Thank you for your time.