default_image

8 years ago

July 2, 2017

निकर्कले बर्चश्व जमाउने बोल्टको बिश्वास

134 views

0 Bookmark

ओस्टराभा (एजेन्सी)- जमैकन सुपरस्टार धावक उसेन बोल्टले दक्षिण अफ्रिकी धावक वेड भान निकर्कले अब आउने दिनहरुमा ट्रयाकमा बर्चश्व जमाउने बिश्वास लिएका छन्।  ब्राजिल ओलम्पिकको ४०० मिटर स्पर्धामा स्वर्ण पदक जितेका निकर्कले उक्त फर्मलाई कायमै राखेका छन्।

गत बुधबार निकर्कले ३००मिटरको दौडमा माईकल जोह्न्सनले १७ बर्ष अगाडी कायम गरेको क्रीतिमान भङ्ग गरेका थिए। निकर्कले ३०.८१ सेकेन्डमा दौड पुरा गर्दै १७  बर्ष अगाडिको ३०.८५ सेकन्डको क्रीतिमान भङ्ग गरेका हुन्। निकर्क यस बर्ष १० सेकन्ड मुनि १०० मिटर र २०  सेकेन्डमुनि २०० मिटर दौडिने एक्लो धावक हुन्।

निकर्कको बारेमा बोल्दै बोल्ट भन्छन,’ उनको भबिष्य निकै उज्वल छ र उनि यसको लागि तयार भैसकेका छन्। उनले यस बर्ष निकै राम्रो प्रदर्शन गरिरहेका छन् जुन उनले १०० मिटर र ३०० मिटर दौडमा साबित गरिसकेका छन्। उनि निकै भलादमी र जुझारु छन्।’ निकर्कले आफ्नो सुधार कायम राखे आफ्नो क्रीतिमानहरु पनि भङ्ग गर्न सक्षम भएको बोल्टले बताए।

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

February 23, 2025

खडक प्रधान सेनापति म्याराथन च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् । खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे । आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ […]

February 23, 2025

सन्तोषी र मिङगमार टेन के रन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]

Success

Thank you for your time.