default_image

8 years ago

May 29, 2017

पारससहित खेलकुदबाट छ जनालाई मानपदवी

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सोमबार सार्वजनिक गर्दा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित खेलक्षेत्रका छ जनाको नाम समेटिएको छ । गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गर्दा पारससहित पूर्व म्याराथन धावक हरिबहादुर रोकाया, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, उसुकी नीमा घर्तीमगर, तेक्वान्दोकी निशा रावल र फुटबलका विकेश कुथुको नाम समावेश गरिएको छ ।

पदक पाउनेहरुलाई एक वर्षपछि राष्ट्रपतिले सम्मानित गर्ने कार्यक्रम छ । कप्तान पारस र हरिबहादुरले कीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् । त्यस्तै प्रशिक्षक टमाटाले प्रवल जनसेवाश्री पदक पाउनेछन् । नीमा, निशा र विकेशले सुकीर्ति पदकबाट सम्मानित हुनेछन् ।

पारसले सरकारको निर्णयले निकै गौरवान्वित महसुस गरेको बताएका छन् । हाल अमेरिका भ्रमणमा रहेको पारसले टेलिफोनमा हाम्रो खेलकुद डटकमसँग भने,‘म यो खुसी शब्दमा बयान गर्न सक्दिन । क्रिकेटमा अझै राम्रो गर्न जिम्मेवारी थपिएको महसुस गरेको छु ।’

पारस नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले सन् २०१४ मा टि ट्वान्टी विश्व कप खेलेको थियो । उनकै कप्तानीमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्मको यात्रा तय गरेको थियो । सन् २००९ देखि पारसले नेपाली टोलीको नेतृत्व गर्दै आएका छन् । उनले जुलाईमा स्वदेश फर्कने जानकारी गराए ।

जुम्लाका हरिबहादुर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहायक एथलेटिक्स प्रशिक्षक हुन् । ओलम्पिकमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका हरिबहादुर एभरेष्ट म्याराथनका कीर्तिमानी धावक हुन् ।

प्रशिक्षक टमाटाले पटक पटक नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन् । राखेपका मुख्य क्रिकेट प्रशिक्षक समेत रहेका टमाटाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

उनले अगाडि भनेका छन् ,‘गणतन्त्र दिवसको अवसरमा मलाई प्रवल जनसेवा श्री मानपदवीले विभुषित गर्ने निर्णय गरेकोमा नेपाल सरकारलाई हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु । साथै यस काममा संलग्न भई सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु । यस अवसरमा मेरो हौसला बढाउन विभिन्न माध्यमबाट शुभकामना दिनुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछु ।’

नीमा २०७२ को फागुनमा भारतमा सम्पन्न १२ औं दिक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन् । सोही सागमा विकेश सम्मिलित यु २३ नेपाली फुटबल टोलीले भारतलाई हराउँदै स्वर्ण पदक जितेको थियो । निशाले गत बर्ष रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

नोट – सोमबार राती ११ः२५ बजे अपडेट गरिएको ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.