8 years ago
April 18, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- बतासे ट्रेल्सकै आयोजनामा तेस्रो संस्करणको बतासे ट्रेल विनाशकारी भूकम्प गएको वैशाख १२ गतेनै दिवंगतहरुको सम्झनामा बतासे ट्रेल रेस आयोजना गर्ने जानकारी गरायो । यसपटकबाट वर्षमा दुईपटक वैशाख १२ गते र अर्काे पुसमा बतासे ट्रेल आयोजना गरिने कार्यक्रम संयोजक मिङमार ग्याल्पो लामाले जानकारी गरायो ।
ट्रेल रेस १२, ३७ र ८५ किलोमिटरमा हुनेछ । रेस काठमाडौंका ठेमेलबाट शुरु भई सिन्धुपाल्चोकको बतासेमा गएर टुङ्गिने छ । ३७ र ८५ किलोमिटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने तथा १२ किलामिटर भने स्थानीयलागि मात्रै आयोजना गरिएको प्रतियोगिता संयोजक मिङमार ग्याल्पो लामाले जानकारी गराए । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिव १ सय ५० धावकले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेताले आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]