8 years ago
April 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)- विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता खेलाडी सम्मानित भएका छन् । दुवै पदक विजेता खेलाडीलाई बतासे ट्रेल्सले जनही १०–१० हजार र सम्मान पत्रले मंगलबार सम्मानित गरेको हो ।
खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, बतासे ट्रेल्सका अध्यक्ष सुजन तामाङ र सिन्धुपाल्चोक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिव देउजाले सम्मानित गरे । सम्मान कार्यक्रमपछि ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले नेपाली खेलाडीको एचिभमेन्ट राष्ट्रको लागि गौरवको विषय रहेको बताउदै सरकारको ध्यानाकर्षणका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत खेलकुद मन्त्रालयमामा पेश गर्ने बताए । यस्तै महासचिव शेर्पाले टोकियो ओलम्पिकका लागि तीनवर्षको अवधिमा योजना बनाएर अघि बढे ओलम्पिकमा नेपालले पनि पदक जित्ने सम्भावना रहेको बताए ।
अप्रिल ९ मा भएको म्याराथनमा भीम बहादुर गुरुङले दोस्रो तथा समिर तामाङले तेस्रो स्थान हात पारेका थिए । भीमले निर्धारित दुरी ४ घण्टा १८ मिनेट र समिर तामाङले ४ घण्टा ३१ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । सम्मानपछि समिर तामाङले सम्मानले अझै हौसला मिल्ने बताए । उपाधि जितिकेपछि नेपाली खेलाडी भन्न पाउदा खुशी लागेको उनले थपे । यस्तै अर्का धावक भीमले सम्मानले ट्रेल रेसमा यति धेरै उपाधि जित्दा सरकारी पक्षको कुनै ध्यान नपुग्दा दुःख लागेको प्रतिक्रिया दिए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]