8 years ago
April 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – संसारकै सबैभन्दा चिसा ठाँउमा भएको नर्थ पोल म्याराथनमा नेपाली धावकहरुले दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । नर्वेमा आइतबार सम्पन्न म्याराथनमा भीमबहादुर गुरुङ दोस्रो र समिर तामाङ तेस्रो भएका छन् ।
म्याराथनमा प्रतिस्पर्धा गर्नुअघि भीम गुरुङ (बायाँ) र समिर तामाङ ।
भीमले ४ घन्टा १८ मिनेट ५० सेकेन्ड र समिरले ३ घन्टा ३१ मिनेट २३ सेकेन्डमा दौड पुरा गरेका थिए । विश्वका ३८ पुरुष धावकले पुरा गरेको म्याराथन (४२.१९५ किलोमिटर) मा पोल्यान्डका पियोट्र सुचेनिया ४ घन्टा ६ मिनेट ३४ सेकेन्ड समयका साथ पहिलो भएका थिए ।
नर्थ पोल म्याराथन गिनिज वल्र्ड रेकर्डमा नर्थनमोस्ट म्याराथन अन नर्थको नाममा उल्लेख गरिएको छ। आर्कटिक महासागरको जमेको भागमा ४.२२ किलोमिटर लुपमा १० पटक कुदेर यस म्याराथन आयोजना गरिंदै आएको छ। सन् २००३ बाट अधिकारिक रुपमा सुरु गरिएको यस म्याराथनमा महिला, पुरुष र टिम इभेन्ट गरि तिन विधामा प्रतिस्पर्धा हुने गर्दछ।
सन् २००७मा ३ घण्टा ३४ मिनेट १० सेकेण्डमा म्याराथन पुरा गर्दै पुरुषको रेकर्ड आएरल्याण्डका थोमस मग्वाएरको नाममा छ भने महिलातर्फको रेकर्ड २०१४मा जर्मनीकी एन-म्यारी फ्ल्यामर्सफेल्डले राखेकी छन्। उनले ४ घण्टा ५२ मिनेट ४५ सेकेण्डमा म्याराथन पुरा गरेकी थिइन्।
म्याराथनमा प्रतिस्पर्धा गर्नुअघि समिर तामाङ ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]