8 years ago
April 1, 2017
नुवाकोट (हाम्रो खेलकुद) – आर्मीका हेमलाल श्रेष्ठ र धादिङकी सन्तोषी श्रेष्ठ प्रथम झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा च्याम्पियन भएका छन्। नुवाकोटको महादेव माध्यमिक विद्यालय कोल्पुटारमा शनिबार भएको झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा निर्धारित १३.४ किमि दुरी ५४ मिनेटमा पुरा गर्दै आर्मीका हेमलाल श्रेष्ठ च्याम्पियन बनेका हुन्।
५४ मिनेट १८ सेकेण्डमा दुरी पुरा गरेका नेपाल एपिएफका लक्ष्मण मल्ल ठकुरी दोस्रो तथा आर्मीकै टिकाराम कटुवाल ५५ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए। किरण बोगटी, वीर बहादुर बस्नेत र ज्ञानप्रसाद भट्टराई क्रमशः चौथो देखि छैटौं भए।
यस्तै महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा ९ मिनेट ६९ सेकेण्डमा पुरा गर्दै पहिलो भईन्। १ घण्टा १० मिनेटमा निर्धारित दुरी पुरा गरेकी एपिएफकी पुष्पा भण्डारी दोस्रो भईन्। आर्मीकी रेशु बस्नेत१ घण्टा ११ मिनेट ६ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भईन्। सानुमाया कार्की, सरीता बासी र सोनुजया राई चौथो देखि छैटौ भईन्। दुवै विधाका विजेताले समान १५–१५ हजार प्राप्त गरे। यस्तै दुवैतर्फका दोस्रो देखि छैटौ सम्मले हजार १० हजार ५ हजार ३ हजार २ हजार १ हजार प्राप्त गरे।
यस्तै अन्तर स्कुल ५ किलोमिटर छात्रतर्फ नुवाकोटका विजय श्रेष्ठ पहिलो भए। काठमाडौंका जगत नेपाली दोस्रो, प्रविण कोइराला तेस्रो र राजेन्द्र जैशी चौथो भए। छात्रातर्फ ललितपुरका काजल विष्ट पहिलो भए। राइजिङ एकेडेमीकी लक्ष्मी थापा दोस्रो तथा महादेव मावि नुवाकोटकी रश्मिता नेपाल तेस्रो र महादेव माविकै सबिना नेपाल चौथो भए। अन्तरस्कुल छात्र र छात्रातर्फ पुरस्कार प्रथम देखि चौथोसम्म क्रमश ३ हजार २ हजार १ हजार र ५ सय प्राप्त गरे। रेस कोल्पुटारबाट सुरु भएर बेलिनी, राजटार, खड्काछाप, माझागाँउ, लामाचौर हुदै कोल्पुटारमै आएर सकिएको थियो।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]