default_image

8 years ago

March 19, 2017

कान्छिमाया ताइपे म्याराथनमा ११ औं

154 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं– यो बर्ष आठ वटा उपाधि जिति सकेकी कान्छिमाया कोजुले ताइपे म्याराथनको महिलातर्फ ११ औं स्थान हासिल गरेकी छिन् । आइतबार भएको म्याराथनमा नेपाल एपिएफ क्लबकी कान्छिमायाले २ घन्टा ५९ मिनेट ३७ सेकेन्ड दौड पुरा गरेकी थिइन् । 

kanchi maya koju taipei

सन् १९७३ देखि १९८२ सम्म जन्मेका खेलाडीमध्ये भने उनी पहिलो स्थान हासिल गर्न सफल भएकी उनका प्रशिक्षक सुशीलनर सिंह राणाले जानकारी दिएका छन् । कान्छिमायाले ४ हजार ताइवान डलर प्राप्त गरेकी छिन् । खराब मौसमका कारण दौडन केही कठिनाई भएकाले कान्छिमायाले आफ्नै राष्ट्रिय कीर्तिमान भंग गर्न असफल भएको प्रशिक्षक राणाको विश्वास छ । उनको नाममा २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

झन्डै १५ हजारले भाग लिएको दौडको महिलातर्फ ११ औं स्थान प्राप्त गर्न सकेकोमा कान्छिमायाले खुसी व्यक्त गरेका छन् । ‘यहाँ विश्वभरबाट राम्रा धावकले पनि भाग लिएका छन्’ उनले भनिन्,‘हाम्रो छिमेकी देश भारत, श्रीलंकाका खेलाडी पनि सहभागि छन् । यस्तो ठूलो दौडमा भाग लिएर यो स्थान सन्तोषजक मानेकी छु ।’ स्वदेशमा भने यो बर्ष कान्छिमायालाई हराउने अर्को कुनै खेलाडी निस्केको छैन । स्वदेश र विदेशमा गरेर आठ प्रतियोगितामा भाग लिदाँ ताइपे म्याराथनमा मात्र उनी सहभागीका रुपमा फर्कदै छिन्, बाँकी सबैमा उनले स्वर्ण पदक जितेकी थिइन् । उनले यो बर्ष आठ वटा उपाधि जितिसकेकी छिन् ।

लगातार दौडमा भाग लिदा थकाई लाग्दैन भन्ने हाम्रो खेलकुदको प्रश्नमा टेलिफोनमार्फत कान्छिमायाको जवाफ थियो, ‘थकाई त लाग्छ नी । देश भित्रको दौडमा त मलाई खासै गाह्रो लाग्दैन । विदेशमा प्रतिस्पर्धा अलि कठिन हुन्छ । लगातारको अभ्यासले सफलता पनि मिल्छ । यो बर्ष निकै राम्रो प्रदर्शन भइरहेको छ । त्यसले मनोबलका साथ दौडिरहेकी छु । ’

kanchi-maya-koju-taiwan

धनगढीमा भारत र नेपालका शसस्त्र प्रहरीबीचको म्याराथनमा स्वर्ण पदक जित्दै यो बर्ष सुरु भएको उनको उपाधि यात्रा गत महिना काठमाडौंमा भएको पिंकाथन हाफ म्याराथनसम्म जारी थियो । उनले यसबीचमा काठमाडौं म्याराथनमा स्वर्ण पदकमात्र जितिनन्, २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रि कीर्तिमान नै बनाइन् । मंसिरमा नेपालगञ्जमा पिस म्याराथनको हाफ म्याराथन जितेकी उनले पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा ५ किलोमिटर र १० किलोमिटरमा स्वर्ण जितेकी थिइन् ।

त्यसको लगत्तै भारतको दाजर्लिङ पुगेर उनले हाफ म्याराथन जितेकी थिइन् । उनले गत महिना कान्तिपुर हिरो होन्डा हाफ म्याराथन र पिंकाथन हाफ म्याराथनको उपाधि जितेकी थिइन् । कान्तिपुर हाफ म्याराथनमा उनले १ घन्टा १८ मिनेट १० सेकेन्डमा   पुरा गर्दै हाफ म्याराथनमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।  कान्छिमाया र उनका प्रशिक्षण राणा सोमबार स्वदेश फर्कनेछन् ।

महिला म्याराथन मंगोलियाकी मुन्खजया बेअत्र्सोतले जितेकी थिइन् । उनले २ घन्टा ३८ मिनेट ८ सेकेन्डमा दौड पुरा गरेर उपाधि जितेकी हुन् । इथोपियाकी गेब्री (२ घन्टा ३८ मिनेट २१ सेकेन्ड) र सोही देशकी आयेलीले (२ घन्टा ३९ मिनेट ३७ सेकेन्ड) तेस्रो स्थान प्राप्त गरेकी थिइन् । दसौं भएकी भियतनामकी थिले २ घन्टा ५२ मिनेट ५३ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । २ घन्टा १७ मिनेट दौड पुरा गर्दै केन्यका खेलाडीले पुरुषतर्फको उपाधि जितेका थिए । त्यसमा ११ औं स्थान हासिल गरेका श्रीलंकाका खेलाडीले २ घन्टा २६ मिनेट २८ सेकेन्डमा दौड पुरा गरेका थिए ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.