default_image

8 years ago

March 17, 2017

गोटीखेलमा भलिबलसँगै बुद्धिचाल र दौड हुने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुरको गोटीखेल जनहित क्लबले आफ्नो रजत महोत्सवको अवसरमा तीनवटा खेल आयोजना गर्ने भएको छ । चैत २६ गते देखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितासँगै बुद्धिचाल र दौड प्रतियोगिता पनि आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरन्जन घिमिरेले बताए ।

3-10

भलिबलमा १२ देखि १४ टोलीसम्म भए नकआउट र त्यो भन्दा बढी भए नकआउटका आधारमा खेलाइने घिमिरेले जानकारी दिए । कुनै पनि टोलीले विभागिय टोलीका खेलाडीलाई भने समावेश गराउने नपाउने बताइएको छ । भलिबल प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुने टोलीले ५० हजार र सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुष र महिला सहभागी हुने बुद्धिचालमा समग्र विजेताले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महाँकाल गाउँपालिकाका स्थानियलाई लक्षित गरी आयोजना गर्न लागिएको ६ किलोमिटर दौडको पुरुष/महिलाको आ–आफ्नो समूहमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोहुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

January 31, 2025

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]

January 25, 2025

सन्तोषी र राजन प्रोटिन हाफ म्याराथनको विजेता

काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]

January 22, 2025

राइट टु प्रोटिन रनको‌ तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर […]

Success

Thank you for your time.