4 weeks ago
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्।
सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् ।
आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना राईले ३ किलोमिटर दौड जितिन्।
हाफ म्याराथन जावलाखेल फुटबल मैदानबाट सुरु भएर एकान्तकुना चक्रपथ, महालक्ष्मीथान, चापागाउँ दोबाटो, सातदोबाटोहात्तीबन – हरिसिद्दी टैब बोंडेगाउ, टौखेल किटनी , निम्तो रेष्टुरेन्ट / गोदावरी बिकास युवा क्लबबाट फर्केर सोही रुट हुँदै जावलाखेल आएर टुङिएको थियो।
हाफ म्याराथनमा एपिएफकी पुष्पा भण्डारीले दोस्रो र आर्मीकी निर्मला केसीले तेस्रो स्थान प्राप्त गरिन् । पुष्पाले १ घन्टा २१ मिनेट ५५ सेकेन्ड र निर्मलाले १ घन्टा २७ मिनेट ५६ सेकेन्डमा दौड पूरा गरिन्।
पदकसहित सुनसरीले ५१, पुष्पाले ३१ र निर्मलले २१ हजार रुपैयाँ प्राप्त गरिन्।
निशाको पहिलो उपाधि
आर्मीकी निशाले दोस्रो सहभागितामा पहिलो पटक १० किलोमिटरको उपाधि जितिन्। उनले यसअघि सेनाकै आन्तरिक प्रतिस्पर्धामा भाग लिएकी थिइन् ।
धनकुटाकी निशाले ३७ मिनेट ०५ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो पटक विजेता बनिन्। एपिएफकी आशा रावत (३७ मिनेट ३६ सेकेन्ड) दोस्रो र नेपाल पुलिस क्लबकी सुमित्रा चौधरी (३८ मिनेट २२ सेकेन्ड) तेस्रो भइन् ।
पदकसहित निशाले ३१, आशाले २१ र सुमित्राले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।
दुई वर्ष भन्दा लामो समयपछि सरस्वतीको पुनरागमन
नवौं राष्ट्रिय खेलकुद पछि पहिलो सहभागितामै ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटरको उपाधि जितिन्।
सरस्वतीले २१ मिनेट ४२.५ सेकेन्डमा दौड पूरा गरेकी हुन्। त्यसमा अनुश्रिया तन्डुकार (२४ मिनेट ०१.५ सेकेन्ड) र आर्मीकी कुसुम तामाङ (२४ मिनेट १९.२ सेकन्ड) तेस्रो भइन् ।
त्यस्तै सम्झना राईले १६ मिनेट ४०.८ सेकेन्डमा दौड पूरा गरेर ३ किलोमिटरको उपाधि जितिन्। गायत्री श्रेष्ठ (१७ मिनेट ०८.११ सेकेन्ड) दोस्रो र सुप्रिता थापा (१७ मिनेट ४९.६१ सेकेन्ड) तेस्रो भइन् ।
५ र ३ किलोमिटरका विजेताले काठमाडौंको लाजिम्पाटमा रहेको दूषित प्रिसेस होटेलमा दुई जनाको लागि नाइट प्याकेज प्राप्त गरेका छन्।
चारै विधाका शीर्ष ३ गरि कुल १२ खेलाडीले मेट लाइफको इन्सुरेन्स प्याकेज प्राप्त गरेका छन्। पिंक क्याराथनमा २ वर्षदेखि ७० वर्षसम्मका १ हजार भन्दा बढी महिलाको सहभागिता रहेको थियो।
सधैं घरायसी र अन्य काम व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नवराज जोशीले बताए।
काठमाडौं पिंक केयराथनको अर्को उद्देश्य महिलामा हुने स्तन क्यान्सर सचेतना जोगाउनु रहेको छ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स […]