1 month ago
March 17, 2025
हिमाल खरेल, बिर्तामोड
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ ।
आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ ।
महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा सहभागीले १० किलोमिटर दौडिनुपर्ने स्थानीय प्रशिक्षक तथा प्रतियोगिताका सम्पर्क व्यक्ति प्रशान्त जिज्ञाशुले जानकारी दिए । यु १३ को ६ किलोमिटर दौड राखिएको छ ।
महिला/पुरुष खुलाका विजेताले ११ हजार, दोस्रोले ८ हजार, तेस्रोले ५ हजार तथा चौथो र पाँचौँ ले १ हजार ५ सय रुपैयाँ पाउने छन् ।
त्यस्तै, यु १८ र यु १३ का विजेताले ९ हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
४० वर्षमाथिको विजेताले ७ हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन् ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]