default_image

1 month ago

March 17, 2025

नेपालगन्ज म्याराथन र वन स्टेप फाउन्डेसनबिच सहकार्य

181 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ ।

समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउने बताइएको छ।

‘यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउनेछ,’ वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भनेका छन्‌, ‘पिछडिएको समुदायका किशोरीलाई मुलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो । नेपालगन्ज म्याराथनको यो पहलकदमीको हार्दिक सराहना पनि गर्दछु ।’

नेपाली किशोरीको क्षमता र प्रतिभालाई उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफूहरु तयार रहेको वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले बताएका छन् ।

जोशीले संसारकै शीर्ष ६ मध्येका न्युयोर्क म्याराथन, सिकागो म्याराथन लगायत १५ बढी फुल म्याराथन पुरा गरिसकेका छन् । साथै गत बर्ष विश्वविख्यात एभरेष्ट म्याराथन पनि पूरा गरेका थिए ।

एक सय बढी हाफ म्याराथन तथा दुई वटा एक सय किलोमिटर दुरीका अल्ट्रा म्याराथन पुरा गरिसकेका छन् । अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक काम गर्दछ ।

सम्झौता अनुसार वन स्टेप फाउन्डेसनले नेपालगन्जका सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत ३ सय जना किशोरीको दर्ता शुल्क नेपालगन्ज म्याराथनलाई प्रदान गर्नेछ ।

यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ । आपसी सहमतिमा हरेक बर्ष सहभागी संख्या क्रमिक बढाउँदै जाने पनि सम्झौतामा उल्लेख छ ।
यो सम्झौताले नेपालगन्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक ठकुरीले बताए ।

‘संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको हो ,‘ ठकुरीले भने­‘विश्वका जुनसुकै देशमा कार्यरत हरेक सामाजिक संघसंस्था वा व्यक्तिले यसमा सहजै सहकार्य गर्न सक्नेछन् ।’

धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण आगामी मंसिर ६ गते शनिवार हुँदैछ । नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले विश्वको शीर्ष ६ भित्र पर्ने लण्डन म्याराथनमा भाग लिइसकेका छन् ।

यसैगरी दशौंका विजेतालाई लण्डन लगायत अन्य विश्व प्रतिष्ठित म्याराथनमा सहभागी गराउने तयारी भइरहेको छ ।

नेपालगन्ज म्याराथन नेपालबाट एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पहिलो पूर्णकालीन सदस्य हो । एम्सले नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीलाई नेपालका लागि आधिकारिक दुत नियुक्त गरेको छ ।

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

March 30, 2025

पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स […]

Success

Thank you for your time.