1 month ago
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्जुन कुलुङ राईले मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करण जितेका छन् ।
मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समयमा पूरा गर्दै उपाधि जिते ।
नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्ड समय खर्चेर दोस्रो भए । शेर थारु ( २८ मिनेटमा ४७ मिनेट ०६.२ सकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपैयाँ पुरस्कार पाए ।
एक सय किमी दौडमा विशाल राई १३ घन्टा २९ मिनेट ४ सकेन्ड समय लगार च्याम्पियन बने । गोपाल तामाङले १३ घन्टा ३९ मिनेट ७ सकेन्ड समयका साथ दोस्रो र निरोज भट्टले १४ घन्टा १२ मिनेट ३५ सकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।
एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७ घन्टस ५८ मिनेट ०५ सकेन्डमा दौड सकाइन् ।
छोकी शेर्पा १८ घन्टा १५ मिनेटमा ०५ सकेन्ड समय लगातार दोस्रो भइन् । फ्लेर मोउतज्वले २० घन्टा ४३ मिनेट ०५ सकेन्ड समय लगाएर तेस्रो भइन्। त्यसको विजेता ५० हजार, दोस्रो २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे।
५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर ( ६ घन्टा ४२ मिनेट २५ सकेन्ड) पहिलोे, लोकेन्द्र राई (६ घन्टा ४६ मिनेट ३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (६ घन्टा ५९ मिनेट ५९ सकेन्ड) तेस्रो भए ।
५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारित दुरी ७ घन्टा ४६ मिनेट ०५ सकेन्डमा पूरा गरिन् ।
कल्पनाले ०८ घन्टा १६ मिनेट ६ सकेन्ड र राज्यलक्ष्मीले ८ घन्टा ४० मिनेट ५२ सकेन्डमा दौड पूरा गरिन् । विजेताले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
३० किमी दौडमा राजन मेयोङबा ३ घन्टा ४३ मिनेट ०३ सकेन्ड समय लगातार विजेता बने । युवक राज बुढा (४ घन्टा ०३ मिनेट २२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४ घन्टा ३७ मिनेट ०१ सकेन्ड) तेस्रो भए ।
३० किमी महिलातर्फ अस्मी तामाङ ६ मिनेट ३४ मिनेटमा ०३ सकेन्ड समयमा दौड पूरा गरी च्याम्पियन बनिन् । कथेरिना हल दोस्रो र रिन्छे दोला लामा तेस्रो भए ।
कथेरिनाले निर्धारीत दुरी ८ घन्टा २४ मिनेट ०६ सकेन्ड र रिन्छेले ८ घन्टा ५३ मिनेट समय लगाइन् ।विजेता २०, दोस्रो १० र तेस्रो ५ हजार रुपैयाँ प्राप्त गरे।
१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारित दूरी पूरा गरे । उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्ड सहित तेस्रो भए ।
अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन् । बेल्जियमकी जारा भान रेन्टरगे (१ घन्टा १६ मिनेट १ सकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घन्टा १८ मिनेट ४० सकेन्ड) तेस्रो भए ।
नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावक धाविकालाई पुरस्कृत गरे । मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१ जना, एक सय किमीमा ५२ जना , ५० किमीमा १ सय ३१ जना, ३० किमीमा ९८ जना र १० किमीमा १ सय ९१ धावकधाविकाको सहभागिता जनाएका थिए ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स […]