default_image

2 months ago

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

251 views

0 Bookmark

हिमाल खरेल, भद्रपुर

झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ ।

एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।

प्रतियोगितामा एथ्लेटिक्स विधाअन्तर्गत दौड, सटपुट थ्रो, ज्याभलिन थ्रो, लङजम्प र ट्रिपलजम्पका खेल समावेश छन् ।

एथलेटिक्सतर्फ मेचीनगर नगरपालिका र दमक नगरपालिकाले समान ७ पदक प्राप्त गरेका छन् भने कमल गाउँपालिकाले ६ वटा पदक हासिल गरेको छ ।

त्यस्तै, शिवसताक्षीले ५, बिर्तामोड र बाह्रदशीले समान ४, भद्रपुर र कनकाईले समान ३ तथा कचनकवल, गौरीगञ्ज, हल्दिबारी र झापा गाउाँपलिकाले समान २ पदक जितेका छन् । गौरादह नगरपालिका र बुद्धशान्ति गाउँपालिका एथलेटिक्समा पदकविहीन छन् ।

प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), कराते (छात्र/छात्रा), तेक्वान्दो (छात्र/छात्रा) र उसु (छात्र/छात्रा) का खेलहरु पनि सञ्चालन भइरहेको आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।

प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने र सबै विधाको अन्तिम नतिजा आइतबार नै सार्वजनिक हुने समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले जानकारी दिए ।

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.