default_image

2 months ago

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

840 views

0 Bookmark

हिमाल खरेल ,भद्रपुर

झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे ।

आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए ।

समितिका सदस्य चेतामणि खनाल र कराते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री मण्डल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा टावर टेम्पल स्कुलका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४ सय १८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग २ हजार खेलाडीले प्रतिस्पर्धा गरिरहेको समितिका अध्यक्ष भण्डारीले जानकारी दिए ।

पहिलो दिन मेचीनगर अगाडि

यसैबीच, पहिलो दिन चारवटा विधाको परिणाम आएको छ । एथलेटिक्स प्रशिक्षक गोपल यादवका अनुसार १ सय मिटर दौड, ज्याभलिन थ्रो, सटपुट थ्रो र १५ सय मिटर दौडको परिणाम आएको हो ।

१ सय मिटर दौड छात्रतर्फ मेचीनगरका सुजन मण्डल प्रथम, झापाका मोहमद शेख दोस्रो र अर्जुनधाराका सायल खड्का तेस्रो भए ।

छात्रातर्फ शिवसताक्षीकी पुष्पावती चौधरी प्रथम, अर्जुनधाराकी दिपिशा राई दोस्रो र कमलकी मोनिका मुर्मू तेस्रो भए ।

त्यस्तै, ज्याभलिन थ्रो छात्रातर्फ बिर्तामोडकी निशा भट्टराई प्रथम, गौरीगञ्जकी दिपिका हेमरम दोस्रो र अर्जुनधाराकी सिर्जना तामाङ तेस्रो भए ।

छात्रतर्फ मेचीनगरका सुकराज तामाङ प्रथम, कमलका खेम खत्री दोस्रो र कनकाईका निश्चल चौधरी तेस्रो भए ।

त्यस्तै, सटपुट थ्रो छात्रतर्फ दमकका रञ्जीत रसाइली प्रथम, अर्जुनधाराका दिपेश चौधरी दोस्रो र शिवसताक्षीका सोबिन राई तेस्रो भए ।

छात्रातर्फ मेचीनगरकी सिमरन राई प्रथम, दमककी मिसिका धिमाल दोस्रो र बिर्तामोडकी निशा भट्टराई तेस्रो भए ।

त्यस्तै, १५ सय मिटर दौड छात्रातर्फ बाह्रदशीकी रुपमाया भट्टराई प्रथम, दमककी इदिका देवाल दोस्रो र कमलकी पासाङ चोमु शेर्पा तेस्रो भए ।

छात्रतर्फ झापाका करिमुदिन मिया प्रथम, बाह्रदशीका डिजनकुमार शाह दोस्रो र बिर्तामोडका सागर तामाङ तेस्रो भए ।

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.