default_image

8 years ago

February 24, 2017

साता नबित्दै कीर्तिमानसहित कान्छिमायाले हाफ म्याराथन जितिन्

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक साता नबित्दै कान्छिमाया कोजुले हाफ म्याराथनको अर्को उपाधि जितेकी छिन् । एक दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै एपिएफकी कान्छिमायाले शुक्रबार हाफ म्याराथन (२१ किलोमिटर) उपाधि जितेकी हुन् । उनले १ घन्टा १८ मिनेट १० सेकेन्डमा दुरा पुरा गर्दै निर्मला भारतीको कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

kanchi-maya

निर्मलाले सन् २००६ मा बर्लिन म्यराथनमा १ घन्टा १८ मिनेट ४६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । कान्छिमायाले उपाधिसँगै ५० हजार रुपैयाँ जितिन् । पुसको पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता कान्छिमायाको यो चौथो उपाधि हो । राष्ट्रिय खेलकुद लगत्तै भारतको दाजर्लिङमा हाफ म्याराथन जितेकी कान्छिमायाले फागुन ७ गते हिरो कान्तिपुर हाफ म्याराथन जितेकी थिइन् ।

खेलकुदको माध्यमबाट महिलाको स्तन क्यान्सरविरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले राजधानीमा आयोजित पिंकाथनको महिला हाफ म्याराथनमा आर्मी क्लबकी रेशु बस्नेतले दोस्रो स्थान हासिल गरिन् । रेशुले दुरी १ घन्टा २२ मिनेट ४३ सेकेन्डमा पुरा गरिन् । उनले २० हजार रुपैयँ प्राप्त गरिन् । कान्छिमाया र रेशुले भारतमा हुने पिंकाथन इन्डियामा प्रतिस्पर्धा गर्नेछन् । उक्त दौडमा जाने खेलाडीको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने छन् । आर्मीकी पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३० सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् र उनले १० हजार रुपैयाँ पाइन् ।

सरिता बासीले १० किलोमिटर दौडको उपाधि जितिन् । सरिताले निर्धारित दुरी ३९ मिनेट ३७ सेकेन्डमा पुरा गरेकी थिइन् । ४० मिनेट १२ सेकेन्डसुमयका साथ लक्ष्मी पान्डेले दोस्रो भइन् । त्यस्तै फुलमति रानाले ४० मिनेट १५ सेकेन्डको दुरी पुरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् । सरिताले २०, लक्ष्मीले १० र फुलमतिले ५ हजार रुपैयाँ हात पारिन् ।

३ र ५ किलोमिटरको च्यारिटी वाकाथन समेत भएको थियो । नेपालमा पहिलोपटक भएको पिङकाथन दौड पिंकाथन इन्डियाको फ्रेन्चाइजकोरुपमा नेपालमा भएको हो । महिलाहरुका लागि मात्र दशरथ रंगशालामा आयोजना भएको पिंकाथनमा ४ विधामा स्पर्धा भएको थियो । जसमा २ हजार बढीको सहभागिता रहेको बताइएको छ । नेपाल एथलेटिक्स संघ र लेजर पोर्टको सहकार्यमा पिंकाथन दौड आयोजना भएको थियो ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.