3 months ago
February 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् ।
खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे ।
आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ सेकेन्ड) दोस्रो भए र उनले २ लाख रुपैयाँ प्राप्त गरेका थिए । एपिएफका गोपिचन्द्र पार्की (२ घन्टा २२ मिनेट ३४ सेकेन्ड) तेस्रो भए र उनले १ लाख रुपैयाँ प्राप्त गरेका थिए।
हाफ म्याराथनको उपाधि महिलातर्फ ओलम्पियन सन्तोषी श्रेष्ठ र पुरुषतर्फ मुकेश बहादुर पालले जितेका थिए।
सन्तोषीले १ घण्टा १७ मिनेट ४ सेकेण्डमा तोकिएको दौड पूरा गरेकी थिइन् । १ घण्टा १९ मिनेट २६ सेकेण्डमा पूरा गरि आर्मी पूर्णलक्ष्मी न्यौपाने दोस्रो भएकी थिइन् । १ घन्टा १९ मिनेट ५१ सेकेन्डका साथ निर्मला केसीले तेस्रो भएकी थिइन्।
मुकेशले निर्धारित दुरी १ घण्टा ४ मिनेट ४१ सेकेण्डमा पूरा गरेका थिए । त्यो स्पर्धामा गजेन्द्र राई ( १ घन्टा ५ मिनेट १२ सकेन्ड) दोस्रो र नरेन्द्र रावल (१ घन्टा ५ मिनेट ४० सेकेन्ड) तेस्रो भएका थिए।
सन्तोषीले स्कुटर, मुकेशले यमाहको १ थान मोटरसाइकल तथा समान ७५ हजार नगद प्राप्त गरे । दुवैतर्फ दोस्रो ५० र तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गरेका थिए।
May 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]