default_image

3 months ago

February 21, 2025

राजन दिल्ली म्याराथनमा दौडने

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राजन चौधरीले भारतमा हुने दसौं एपोलो टायर्स दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतवार हुने दिल्ली म्याराथनमा १६ औं काठमाडौं म्याराथनका समग्रमा उपविजेता बनेका राजन प्रतिस्पर्धा गर्न लागेको एनआरएस स्पोर्टस फाउन्डेसन ले जनाएको छ।

काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनको दिल्ली म्याराथनमा सहभागिताको दर्तालगायत सबै व्यवस्थापन मिलाए जनाएको छ।

व्यवस्थापनका लागि दिल्लीमा बस्दै आएका शमनिष श्रेष्ठको सहयोग रहेको बताइएको छ। फाउन्डेसनका अध्यक्ष तथा काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठले राजनलाई सफलताको शुभकामनासहित बिदाइ गरे।

१६ औं काठमाडौं म्याराथन २ घन्टा ३९ मिनेटमा पूरा गरेका राजन नेपालीतर्फ पहिलो भएका थिए।

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

Success

Thank you for your time.