default_image

3 months ago

February 15, 2025

केन्याका विल्सनलाई पोखरा म्याराथनको उपाधि, सन्तोषीले जितिन् हाफ म्याराथन

844 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- केन्याका विल्सन चेरियोटले १९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्।

पोखरा रंगशालाबाट सुरु भएको म्याराथन सहरका विभिन्न भाग हुँदै हल्लन चोकमा पुगेर टुंगिएको थियो। उनलाई सुरूवात देखि नै केन्या कै जुलियस मुरियुकी वाहहोमले कडा चुनौती दिएका थिए।

जहाँ मिलिसेकेन्डमा जुलियसलाई माथ दिंदै विल्सन च्याम्पियन बने। निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै विल्सन पहिलो भए।

जुलियस २ घण्टा १७ मिनेट २६ सेकेन्डको टाइमिङमा दोस्रो स्थानमा रहे। विदेशी खेलाडीको वर्चस्व रहेको म्याराथनमा केन्याकै ओनेसमस गीताउ तेस्रो भए। उनले २ घण्टा १८ मिनेट ५१ सेकेन्डको टाइमिङ निकाले। शीर्ष ३ खेलाडीले गत वर्षको कोर्स रेकर्डलाई‌ तोडेका‌ छन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नेपालका किरण सिंह बोगटी चौथो भए। उनले २ घण्टा ३८ मिनेट २२ सेकेन्डमा दुरी तय गरे। उनी विजेता विल्सन भन्दा २० मिनेट भन्दा बढीको टाइमिङले पछि रहे।

म्याराथनमा पहिलोले ५ लाख दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ पुरस्कार हात पारे।

सन्तोषीलाई‌ हाफ म्याराथन उपाधि

महिला हाफ म्याराथनतर्फ नेपालकी स्टार धाविका १३ औं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ पहिलो भइन्। उनले १ घण्टा २० मिनेट ०३ सेकेन्डमा दौड पूरा गरिन्।

स्वारोन जेनेटिक दोस्रो भइन्। उनले १ घण्टा २१ मिनेट ०७ सेकेन्डमा निर्धारित दूरी तय गरिन्। पुष्पा भण्डारी तेस्रो भइन्। यो क्रममा उनले १ घण्टा २३ मिनेट ०८ सेकेन्डमा दौड सकाइन्।

पुरुष हाफ म्याराथनको उपाधि सन्तोष विक्रम बिष्टले जिते। उनले १ घण्टा ०९ मिनेट ०७ सेकेन्डमा दूरी तय गरे। १ घण्टा ०९ मिनेट ५६ सेकेन्डमा दौड पुरा गरेका गजेन्द्र राई दोस्रो भए। इमानुयल किपतारबेइ तेस्रो भए। उनले १ घण्टा १० मिनेट ०२ सेकेन्डको टाइमिङ निकाले।

यसैगरी १० किलोमिटर पुरूषमा नागेश्वर अहिर पहिलो भए। राजेन्द्र तामाङ दोस्रो र बादल कार्की तेस्रो स्थानमा रहे। महिला १० किलोमिटरतर्फ समिक्षा पहारी पहिलो हुँदा मधुरीमा रोक्का दोस्रो र रक्षा तिलाजी तेस्रो भए।

५ किलोमिटर पुरुषमा सगुन लामिछाने पहिलो भए। सुजन नेपाली दोस्रो र समिर बरुवाल तेस्रो भए। महिलातर्फ सोफी जिसी पहिलो भइन्। अनिषा केसीले दोस्रो र प्रिन्सी भण्डारीले तेस्रो स्थानमा दौड सकाए।

नेपाल भूतपूर्व खेलाडी मंचद्वारा आयोजित म्याराथनमा कुल पुरस्कार २१ लाख ३४ हजार रुपैयाँ रहेको छ।
म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित १ सय ५० धावकले  दाबेदारी प्रस्तुत गरेका थिए।

हाफ म्याराथनमा महिलातर्फ १० देशका ४०, पुरुषतर्फ ११ विदेशीसहित १ सय १० धावकले सहभागीता जनाए। १० किमी दौड पुरुषमा ११ देशका २ सय ११ र महिलामा ११ विदेशीसहित १ सय ९ ले प्रतिस्पर्धा गरे।

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

Success

Thank you for your time.