default_image

3 months ago

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

582 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्।

नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो।

म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित १ सय ५० धावकले  म्याराथनमा नाम दर्ता गरेको जानकारी गराइयो । त्यसमा ८ महिला र बाँकी पुरुषले प्रतिस्पर्धा गर्नेछन्।

हाफ म्याराथनमा महिलातर्फ १० देशका ४०, पुरुषतर्फ ११ विदेशीसहित १ सय १० धावकले प्रतिस्पर्धा गर्नेछन्। १० किमी दौड पुरुषमा ११ देशका २ सय ११ र महिलामा ११ विदेशीसहित १ सय ९ ले प्रतिस्पर्धा गर्ने बताइएको छ।

त्यस्तै ५ किमी दौड भेट्रान्समस महिला पुरुष गरि ६० जना , ५ किमी छात्रामा १ हजार ४ सय ७० र छात्रामा १ हजार २५ गरि ३ हजार १ सय ७५ छन् । रनफर फनमा झन्डै ७ हजारको सहभागिता रहने आयोजकको अनुमान छ।
विगतमा भन्दा रुट केहि परिवर्तन गरिएको मन्चका पूर्व अध्यक्ष तेज गुरुङले जानकारी दिए।   पोखरा रंगशालामा ७ बजे सुरु हुने म्याराथन पोखरा महानगरपालिकाका विभिन्न भाग हुँदै हल्लन चोक पुगेर टुंगिनेछ।
म्यापोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने म्याराथनपछि हरेक विधाको दौड ५/ ५ मिनेटपछि सुरु हुनेछ।

पोखरा म्याराथको विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। आठौं स्थानकाले नगद पुरस्कार पाउनेछन्। कुल पुरस्कार २१ लाख ३४ हजार रुपैयाँ रहेको छ।

खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने बताइएको छ। त्यसका लागि धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष सहयोगको वातावरण बनाएका हुन् ।

पोखरा म्याराथको गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी मुख्य सहयोगी संस्थाको रुपमा रहेका छन् ।

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

Success

Thank you for your time.