default_image

8 years ago

February 22, 2017

धरानमा ८ किलोमिटर दौड २ हजार बढीले दौडने

125 views

0 Bookmark

बिकास चाम्लिङ राई
धरान – स्वच्छ धरान स्वास्थ्य धरानको नारा सहित हरेक वर्ष आयोजना हुने नेवा च्यारेटि ८ के (८ किलोमिटर) रन दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुने भएको छ । नेवा च्यारेटिको मातहतमा रहेको धरान रनको आयोजनामा हुने ८ के रनमा यस पटक २ हजार बढीले भाग लिने बुधबार आयोजित पत्रकार सम्मेलनमा धरान रनका अध्यक्ष रोमु राईले जानकारी गराए ।

dharan-run-1
८ कि.मी. खुल्ला दौड प्रतियोगितामा पहिलो हुनेले ४० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैया प्राप्त गर्नेछन् । १२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष उमेर माथिका विजेताले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पाउनेछन् । धरानका स्थानिय महिला तथा पुरुष विजेतालाई पनि पुरस्कृत गरिने धरान रन तथा नेवा च्यारेटिका संस्थापक सन्तोष राईले जानकारी गराए ।

विहान ७ वजे देखि सुरु हुने दौड धरान लोकतान्त्रिक चौतारी देखि पुतली लाइन, दुर्गा चौक हुदै कल्याण चौक, पानी टं्याकी , गणेशमान चौक, जनपथ, रंगशाला, जिरो पोइन्ट, अमरहाट, रेडक्रश भवन, हातिmसार क्याम्पस, विजयपुर चौक , पिण्डेश्वर मन्दिर, चिनिया चौक, पुरानो वजार , देशिलाइन हुदै भानुचौकमा पुगेर टुंगिनेछ ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको लागि सात थान ज्याकेट नेपाल पत्रकार महासंघ प्रदेश न.१ पार्षद विकास चाम्लिङ राईलाई नेवा च्यारेटिका संस्थापक राईले हस्तान्तरण गरेका थिए ।

dharan-1

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.