4 months ago
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ।
हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ ।
राइट टु प्रोटिन म्याराथनमा करिब ८ हजार संख्यामा सहभागिता रहने आयोजकको अनुमान छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट बिहान ६:३० बजे सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ ।
सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतिस्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक सितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।
पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
महिलामा ५ किलोमिटरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियर तर्फ महिला र पुरुषको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउनेछन् छ ।
प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक संयोजक श्रेष्ठले जानकारी दिए ।
यस प्रतियोगिताका लागि नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब ५ सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।
एथलेटिक्स संघका सचिव आरके विष्टले रनको रुट र प्राविधिक व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने जानकारी दिए।
रनको ब्रान्ड एम्बेसडर रहेका कलाकार सरोज खनालले राष्ट्रका लागि नागरिक स्वस्थ हुन आवाश्यक हुने भएकोले जनचेतना जगाउने उद्देश्यका साथ राइट टु प्रोटिन रनको आयोजना भइरहेको बताए ।
नेपाल दाना उद्योग संघ रविन पुरीले मानिसका लागि प्रोटिन कति महत्वपूर्ण छ भन्ने जानकारी दिने उद्देश्यले दौडलाई माध्यम बनाइएको बताए।
प्रतियोगितालाई युसेकको मुख्य प्रायोजन, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको विशेष सहयोग रहेको बताइएको छ।
हस्पिटल पार्टनर प्रिमेरा हस्पिटल, टिकेटिङ पार्टनर इसेवा, फुड पार्टनर केबी एग्रो, हस्पिटालिटी पार्टनर होटल काठमाडौं मेरियट र फेयरफिल्ड बाइ मेरियट रहेका छन्।
May 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]