8 years ago
February 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको आउट साइड म्यागेजिनको लागि नेपाली अल्ट्रा धाविका मिरा राईले फोटो सुट गराइकी छिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरालाई फोटो सुट र अन्र्तवार्ताका लागि दुई साता अघि अमेरिका पुगेकी थिइन् । उनको अमेरिका यात्राको सबै खर्च आउट साइडले नै बेहोरेको मिराले बताइन् ।
‘मेरो लागि यो विल्कुल नयाँ अनुभव रह्यो ’ मिराले अमेरिकाबाट टेलिफोनमा हाम्रो खेलकुदलाई भनिन्,‘यो मेरो र देशकै लागि पनि ठूलो अवसर थियो । यहाँ अन्य नाम चलेका खेलाडीसँग पनि अनुभव साट्ने अवसर मिल्यो । रमाइलो अनुभव भयो ।’
नेसनल ज्योग्राभी च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनित गरेको अवार्डका लागि अनलाइन भोटिङका आधारमा मिरा विजयी भएकी थिइन् ।
अवार्ड जितेपछि आउटलुकको अन्तवार्ताको लागि बोलाएको जानकारी दिदै मिराले भनेकी थिइन् ‘ अवार्डले मेरो मात्र होइन देशकै इज्जत बढेको महसुस गरेको छु ।
विश्वमै चर्चित म्यागेजिनले बोलाउँदा एउटा खेलाडीका नाताले जति खुसी लागेको छ, देशको समेत प्रतिनिधित्व गर्ने भएकाले त्यसमा गर्व महसुस भइरहेको छ । ’ सन् १९७७ बाट प्रकाशित आउटसाइडले आउटडोर खेलकुद, स्वास्थ्य, सहासिक खेललगायतलाई समेट्ने गरेको छ ।
अल्ट्रा रेस सुरु गरेको छोटो समयमा सफलताका कारण चर्चा कमाएकी मिराले गतबर्ष घुँडाको शल्यक्रिया भएयता कुनै रेसमा भाग लिएकी छैनन् । अहिले उनले फिजियो सुरु गरेको जनाउँदै अब चार पाँच महिनापछि सक्रिय रेसमा फर्कने बताइन् ।
माओवादी सेना समायोजनमा अयोग्य भएपछि उनले अल्ट्रा रेस सुरु गरेकी थिइन् । भोजपुरकी मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिइन् ।
दुई बर्षअघि उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको वथियो । गत बर्ष फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेपछि उनको चर्चा चुलिएको थियो । आफु फागुन १७ मा स्वेदश फर्कने मिराले जानकारी दिइन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]