default_image

8 years ago

February 17, 2017

मेहेनतको कदर भएको ठानेको छु – अल्ट्रा धाविका मिरा

106 views

0 Bookmark

प्रकाश तिमल्सिना
काठमाडौं – सरकारले सम्मान स्वरुप ३० लाख रुपैयाँ दिने तयारी गरेकोमा अल्ट्रा धाविका मिरा राईले खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएकी छिन् । ‘सरकारले ३० लाख रुपैयाँ दिने तयारी गरेको सुन्दा मलाई त सुरुमा विश्वास गर्नै गाह्रो भयो’ अमेरिकाबाट टेलिफोनमा मिराले भनिन्,‘मेरो मेहनतको कदर भएको महसुस गरे । साह्रै खुसी लागेको छ । यो सम्मानले नयाँ पुस्तालाई ट्रेल रनमा आउन प्रोत्साहित गर्छ भन्ने विश्वास लिएको छु ।’

mira-rai

अमेरिकाको आउट साइड म्यागेजिनमा अन्र्तवार्ता र फोटो सुटका लागि मिरा दुई साताअघि अमेरिका गएकी थिइन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता बनेपछि मिरालाई आउट साइडले अमेरिका डाकेको थियो । उनले फागुन १७ मा स्वदेश फर्कने जानकारी दिइन् । सरकारले यसअघि पनि उपचारका लागि मिरालाई ५ लाख रुपैयाँ दिएको थियो ।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले मन्त्रालयले मिरालाई ३० लाख र उनलाई अल्ट्रा दौडमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने ध्रुब विक्रम मल्ललाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए । ‘प्रधानमन्त्री, अर्थमन्त्री र मेरोबीचमा सहमति भएरै मन्त्रालयले यो निर्णय गरेका हो ’ रुकुममा रहेका मन्त्री श्रीपालीले टेलिफोनमा हाम्रो खेलकुदसँग भने, ‘ राजधानी फर्केपछि फाइल अघि बढाइनेछ । अर्थमन्त्रालयको सहमति लिएर प्रस्ताव मन्त्रीपरिषदमा लगिनेछ । प्रक्रिया पुर्याएर छिट्टै हामी सम्मान गर्नेछौं । ’

युवा पुस्ताका लागि प्रेरणाको श्रोत बन्न सफल भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम चिनाउन भूमिका खेलेकोले मिरालाई ठूलो धनराशीले सम्मान गर्न लागिएको मन्त्री श्रीपालीले बताए । ‘उनले अल्ट्रा दौडमा ठूला सफलता हात पारिसकेकी छिन् ’ मन्त्रीले भने, ‘उनी सम्मानको हकदार त हुन् नै यसले नयाँ पुस्तालाई यो क्षेत्रमा लाग्न प्रेरणा मिल्ने विश्वास हामीले लिएका छौं । उनले भर्खर एड्भेन्चरर अफ दी एयर पिपल्स च्वाइस अवार्ड जितेकी छिन्, यो उनको मात्र होइन, देशकै लागि ठूलो सफलता हो । ’

अल्ट्रा रेस सुरु गरेको छोटो समयमा सफलताका कारण चर्चा कमाएकी मिराले गतबर्ष घुँडाको शल्यक्रिया भएयता कुनै रेसमा भाग लिएकी छैनन् । अहिले उनले फिजियो सुरु गरेको जनाउँदै अब चार पाँच महिनापछि सक्रिय रेसमा फर्कने यसअघि नै बताइसकेकी छिन् ।

आओवादी सेना समायोजनमा अयोग्य भएपछि उनले अल्ट्रा रेस सुरु गरेकी थिइन् । भोजपुरकी मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिइन् । दुई बर्षअघि उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको वथियो । गत बर्ष फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेपछि उनको चर्चा चुलिएको थियो ।

मिराले नयाँ पुस्तालाई टे«ल रनमा नयाँ पुस्तालाई ल्याउन प्रयास थाल्ने समेत बताएकी छिन् । ‘यो दौडमा हामी अहिले संख्याका हिसाबले कम छौं । तर हाम्रामा धेरै राम्रो सम्भावना भएका खेलाडी छन्’ उनले भनिन्,‘सरकारले यसरी हौसला बढाउँदै जाने हो भने भोलीका दिनमा याँ खेलाडी पक्कै पनि यो क्षेत्रमा आउनेछन् । म नयाँ पुस्ताका यो क्षेत्रमा ल्याउन आफ्नो ठाँउबाट सक्दो प्रयास गर्नेछु । ’

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.