6 months ago
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्।
१० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खमा पूरा गरिन् ।
३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेश्रो बने । एपिएफकाद्वय आशा रावत चौथो र फुलमति राना पाँचौं भइन् ।
मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरे । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोश्रो तथा गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेश्रो भए ।
नरेन्द्रसिंह रावल चौथो तथा अजितकुमार यादव पाँचौं स्थान प्राप्त । दोश्रोदेखि चौथो स्थानमा रहने खेलाडी पनि आर्मीकै हुन् भने अजित नेपाल प्रहरीका हुन् ।
कर्पोरेटतर्फ पुरुष ५ किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि. का मिङमारसिंह तामाङ पहिलो, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोश्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेश्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मदरल्यान्ड सेक्युरिटी प्रा.लि. का विशाल भण्डारी तामाङले पाँचौं स्थानमा दौड टुंगाए ।
सोही विधा र दूरीको महिलातर्फ नाजारथ स्कुलकी रजिना दुलाल पहिलो, सानिमा रिलायन्सकी स्वस्तिका कार्की दोस्रो, श्रीशा भण्डारी तेस्रो ,महालक्ष्मी विकास बैंककी संगिता लामा चौथो तथा गरिमा विकास बैंककी निर्मला पाँचौं भइन् ।
चारै विधामा विजेताले ७५, दोस्रोले ६०, तेस्रोले ४५ हजार, चौथो ३० र पाँचौंले १५ हजार रुपैयाँ प्राप्त गरे । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।
विजेतालाई सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमाका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलवापत टिमलाई १ लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो ।
फाइनलमा बंगालदेशले नेपाललाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको थियो । नेपालका लागि फाइनलमा अमिशा कार्कीले गोल गरेकी थिइन्।
May 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]