3 months ago
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ ।
विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे ।
नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे ।
भियतनामकाे हनाेइमा जारी २४औं वर्ल्ड कंग्रेसका दाैरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसाैं वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो ।
‘दश मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लाेभ्यायाे ‘ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने-‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदाे रहेछ, त्यसमा हामी चुक्याैं ।’
नर्वेले आसन्न कंग्रेस आयोजनाकाे अवसर पाएपनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले अनुभुती सुनाए ।
‘नेपाललाई विश्वमञ्चमा नाेटिस गराउन सफल भइयाे, यसमा खुशी लागेको छ ।’ ठकुरीले भने-‘प्रयास गर्नेले नै जित्ने हाे, हामीले एक कदम अगाडि बढेका छाैं, सबैको मायाले याे उर्जा मिलेकाे हाे, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’
संसारमै लाेकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हाे ।एम्समा आवद्ध हरेक देशका म्याराथन आयाेजकहरु यतिबेला हनाेइमा जम्मा भएका छन् ।
चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पाेखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण यही मंसिर २२ गते शनिबार हुँदैछ ।
February 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् । खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे । आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]