4 months ago
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ ।
असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्।
उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ।
ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर अगाडिबाट सुरु भएको दौड सोही स्थानमा पुगेर टुंगिएको थियो । जसमा झन्डै ८ सयको सहभागिता रहेको जनाइएको छ।
मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठ ज्यु र ललितपुर महानगरपालिका वडा न १६ का वडा अध्यक्ष निर्मल शाक्यले दौडको उद्घाटन गरेका थिए ।
कार्यक्रमका मुख्य आयोजक तथा काठमाडौं म्याराथन टिमले अर्को १७ औ संस्करण सन् २०२५ सेप्टेम्बर २० मा हुने पनि जनाएको छ ।
February 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले प्रधान सेनापति कप म्याराथनको उपाधि जितेका छन् । खडकले शनिवार भएको म्याराथनको दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरि विजयी भएका थिए । खडकले यमाहको १ थान मोटरसाइकलको साथ ३ लाख रुपैयाँ प्राप्त गरे । आर्मी कै राजन रोकाय (२ घन्टा २० मिनेट २२ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]