8 years ago
February 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका भूमिराज राईले प्रधान सेनापति खुला म्याराथन दौडको उपाधि जितेका छन् । २ घन्टा २४ मिनेट १३ सेकेन्डमा दौड पुरा गर्दै भूमिराजले उपाधि जितेका हुन् । आयोजक नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो र राजन खत्री तेस्रो भए ।
कृष्णले २ घन्टा २४ मिनेट १५ सेकेन्ड र राजनले २ घन्टा २५ मिनेट ५० सेकेन्डमा दौड पुरा गरेका थिए । भूमिराजले १ लाख, कृष्णले ५० हजार र राजनले २५ हजार रुपैयाँ प्राप्त गरे । सिदार्थ बैंकले प्रायोजन गरेको नगद पुरस्कार म्याराथनमा छैटौं स्थान प्राप्त गर्ने सम्म प्राप्त गरेका थिए । प्रधान सेनापति राजेन्द्र क्षत्रीले विजेता खेलाडीलाई पुरस्कृत गरे । भूमिराजलाई यामाहा कम्पनीका सुजनराज श्रेष्ठले मोटर साइकलको साँचो प्रदान गरे ।
महाशिवरात्री तथा सेना दिवस का अवसरमा शनिबार आयोजित म्याराथनको हाफ म्यराथनमा पुरुषतर्फ सेनाका कल्याण बानियाँ र महिलातर्फ विश्वरुपा बुढा विजयी भए । पुरुषमा रामजी बस्नेत दोस्रो र राजकुमार बिष्ट तेस्रा भए । त्यस्तै महिला हाफ म्याराथनमा सानुमाया कार्की दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रा भइन् ।
हाफ म्यारानका दुवैतर्फका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे । पुरुष तर्फको नगद पुरस्कार सनराई बैंक तथा महिला तर्फको पुरस्कार नेपाल बैंक लिमिटेडले प्रायोजन गरेको थियो । हाफ म्याराथनमा महिलातर्फकी विजेता विश्वरुपालाई यामाहा कम्पनीका सुनिल अग्रवालले स्कुटरको साँचो प्रदान गरे ।
पुरुष १० किलोमिटर दौडमा सेनाका रोहण श्रेष्ठ विजयी भए । सेनाकै सुवास लामा दोस्रो र सुमन पाण्डे तेस्रा भए । महिला १० किलोमिटर दौडमा श्रुती कुँवर विजयी भइन् । त्यस्तै रेखा अधिकारी दोस्रो र लक्ष्मी लामा तेस्रो भइन् । पुरुष १० किलोमिटर विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा अमेरिकाका जस्टिन गिसिङ र महिलातर्फ अमेरिकाकी ल्यान्डसे पिप्स विजयी भइन् ।
त्यस्तै छात्र ५ किलोमिटर दौडमा सैनिक आवासीय महाविद्यालयका सुरेश थापा मगर विजयी भए ।सोही महाविद्यालयका सागर श्रेष्ठ दोस्रा र सम्झना एकेडेमीका कृष्ण आले मगर तेस्रा भए । छात्रा ५ किलोमिटर दौडमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगिता खड्का विजयी भइन् । सैनिक आवासीयकी काजल विष्ट दोस्रो र विजेश्वरीकी सुजाता दर्लामी तेस्रो भइन् ।
कार्यक्रममा सेनापति क्षत्रीले एथलेटिक्सका ८ जना पूर्व खेलाडीहरुलाई नगदसहित सम्मान गरेका थिए ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर […]