default_image

3 hours ago

September 28, 2024

न्युजिल्यान्डका स्मिथ काठमाडौं म्याराथन च्याम्पियन

510 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् ।

विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित समय अनुसार नै म्याराथन सन्चालन गरिएको थियो । यद्दपी बिहान ५ बजे सुरु गर्ने भनिएको म्याराथन बिहान ६ बजे दशरथ रंगशालाको गेटबाट सुरु भएको थियो ।

पुरुष म्याराथनमा नेपालका नरेन्द्र रावल दोस्रो र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो भएका छन् । नरेन्द्रले २ घन्टा २३ मिनेट ०५ सेकेन्ड र किरणले २ घन्टा ३१ मिनेट ४४ सेकेन्डको समय निकालेका थिए ।

हाफ म्याराथनको महिलामा एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउत विजयी भएका छन् ।

पुष्पाले १ घन्टा २८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी हुन् । अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भइन् । अन्नाले १ घन्टा ३७ मिनेट १३ सेकेन्ड र चारुले २ घन्टा ४३ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन् ।

नरेन्द्रले १ घन्टा १२ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । राजेन्द्र तामाङ (१ घन्टा १४ मिनेट ०२ सेकेन्ड) दोस्रो र विज्ञान गुरुङ (१ घन्टा १६ मिनेट २६ सेकेन्ड) तेस्रो भएका हुन्।

५ किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयर विजयी भए । उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरे । ५ किलोमिटर पुरुष मास्टर्समा राजु भण्डारी २३ मिनेट ५३.६१ सेकेन्डमा दौड पूरा गर्दै विजयी भए ।

५ किलोमिटर स्कुल गल्र्समा आइश्मा आचार्य र ब्वाइजमा सन्तोष कार्की विजयी भए । आइश्माले २५ मिनेट १५.४ र सन्तोषले १४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

म्याराथन मास्टर्समा निकोले लाख्तिकोभ विजयी भए । उनले ३ घन्टा १३ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेका हुन् ।

September 27, 2024

पूर्णलक्ष्मी र मुकेशलाई दौड उपाधि

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपाने र मुकेशबहादुर पाल खुला ५ किलोमिटर दौडमा शुक्रवार विजयी भएका छन् । एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो […]

September 21, 2024

काठमाडौं म्याराथान असोज १२ मा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ । काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार […]

September 21, 2024

धादिङमा फुटबल र मिनि म्याराथन हुने

धादिङ (हाम्रो खेलकुद) – धादिङकाे निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नकआउट फुटबलसँगै खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ । कुपा युवा समाजको आयोजनामा विजया दशमी तथा दीपावलीको अवसरमा असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म फुटबल तथा खुल्ला १० किलोमिटर मिनि म्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी […]

Success

Thank you for your time.