default_image

4 months ago

September 27, 2024

पूर्णलक्ष्मी र मुकेशलाई दौड उपाधि

1058 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब
की पुर्णलक्ष्मी न्यौपाने र मुकेशबहादुर पाल खुला ५ किलोमिटर दौडमा शुक्रवार विजयी भएका छन् ।

एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् ।

निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो भइन् । शीर्ष तीनका खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् ।

नेपाल पुलिस क्लबकी सुमित्रा चौधरी चौथो, एपिएफकी आशा रावत पाँचौं, सोलुखुम्बुकी सुशान्त कार्की छैटौं, स्वयम्भूकी सोनु घटानी सातौं, निला जिमी आठौं, ललितपुरकी मन्जु सुनुवार नवौं र सुन्दरीजलकी सम्झना राई दसौं भइन् ।

विश्व पर्यटन दिवसका अवसरमा रोटरी क्लब अफे यल, पाटनद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट १२.७५ सेकेन्डमा पूरा गरे ।

१५ मिनेट १५.०२ सेकेन्ड समयमा सञ्जय श्रेष्ठ दोश्रो तथा १५ मिनेट ३०.८७ सेकेन्ड समयमा सन्जिव नेपाली तेश्रो भए ।

रत्नबहादुर खत्री चौथो, मिङमारसिंह तामाङ पाँचौं, धीरबहादुर बुढा छैटौं, सागर बुढाथोकी सातौं, सञ्जय राई आठौं, रणबहादुर रोका मगर नवौं र कर्णबहादुर रोका मगर दसौं भए । सन्जिव एपिएफ र मिङमार सिन्धुपाल्चोकका हुन् भने बाँकी सबै आर्मीका खेलाडी हुन् ।

महिला/ पुरुष दुवैका विजेताले १२, दोस्रोले ८ , तेस्रोले ५ र चौथोले २ हजार रुपैयाँ पुरस्कार पाए । पाँचौंदेखि दसौं स्थान आउनेले समान १ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई रोटरी ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, आयोजक रोटरी क्लब अफ यल, पाटनका अध्यक्ष धर्मेन्द्रराज शाक्य, ललितपुर पर्यटन बोर्डका अध्यक्ष दिलेन्द्रराज श्रेष्ठ, ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्य, पूर्व खेलाडीद्वय विष्णु कार्की र वीरेन्द्रलाल श्रेष्ठलगायतले पुरस्कृत गरे ।

त्यसअघि दौडको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पाटन दरबार स्क्वायरबाट सुरु भइ पुनः त्यही पुगेर टुंगिएको दौडमा विदेशीसहित पुरुषमा २ सय १० तथा महिलामा ४० गरी २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

January 31, 2025

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]

January 25, 2025

सन्तोषी र राजन प्रोटिन हाफ म्याराथनको विजेता

काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]

January 22, 2025

राइट टु प्रोटिन रनको‌ तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन शनिवार हुनेछ। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर […]

Success

Thank you for your time.