default_image

2 hours ago

September 20, 2024

बाँकेकी गीता र आर्मीका मुकेश रात्री दाैडमा च्याम्पियन

355 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज १० किमी नाइट रनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।

धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ ५९ मिनेट १६:५२ सेकेन्ड पूरा गर्दै गीता पहिलो भएकी हुन् । काेहलपुरकी स्वस्तिका शाही ( ५१ मिनेट ०६:३७ सेकेन्ड) दोस्रो र सलिना थारु (१ घन्टा ६ मिनेट ४८ सेकेन्ड)तेस्रो भइन् ।

संविधान दिवसका अवसरमा बिहीवार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१ मिनेटमा ०७.२१ सेकेन्ड पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

एपिएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे र किरणसिंह बाेगटी तेस्रो भए । सन्ताेषले ३२ मिनेट ४८:४४ सेकेन्ड र किरणले ३२ मिनेट ५४:६३ सेकेन्ड मा दाैड पूरा गरेका हुन्।

दुवैतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो ले १० हजार रुपैयाँ प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गाैतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे ।

रात्री दाैड जीवनमा पहिलोपटक दाैड्न पाउँदा नै आफू निकै लागेको विजेता महेशले बताएका छन् । ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ ।’ उनले भने-‘रात्री दाैडकाे मज्जा नै बेग्लै हुने रहेछ ।’

पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीताले आफुले नसाेचेकाे नतिजा प्राप्त गर्दा खुशी लागेको बताइन् । ‘पहिलोपटक यति धेरै पैसा जितेकी छु,’ उनलेे भनिन् -‘याे पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु ।’

भेट्रान पुरुष तर्फ रैवत दाहाल (३८ मिनेट ०८:७१ सेकेन्ड) पहिलो, बाँके खजुराका भरत श्रेष्ठ (४८ मिनेट ५६:२३ सेकेन्ड ) दाेस्राे तथा महेन्द्र बज्राचार्य ( ४९ मिनेट १९:२५ सेकेन्ड ) तेस्राे भए ।

लुम्बिनीका पूर्व सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दाैडमा आकर्षित गरिरहन आफू दाैडिरहेकाे बराए । ‘राति दाैड्दा फरक अनुभुति हुने रहेछ,’उनलेे भने,’धेरैभन्दा धेरै दाैडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ ।’

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दाैड विपीको चाेक, धम्बाेजी चाेक, पुष्पलाल चाेक, कारकादाे चाेक हुँदै राँझा नजिकै पुगेर पुन: साेही रुटमा विपी चाेक पुगेर दाैड सम्पन्न भएको थियोे ।

त्यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दाैडकाे उद्घाटन गरेका थिए ।

September 19, 2024

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा […]

September 17, 2024

नेपालगन्ज १० नाइट रनकाे तयारी तीव्र

नेपालगन्ज (हाम्रो खेलकुद)- दशाैं धारा नेपालगन्ज म्याराथनकाे प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको तयारी अन्तिम चरणमा पुगेको छ। नाइट रनमा झण्डै ५० धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। सोही रनका लागि मंगलवार टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असाेज ३ गते राति हुने दाैडकाे टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक […]

September 15, 2024

प्रधान सेनापति ट्रफी – एन्जिला र रामचन्द्रले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- प्रधान सेनापति ट्रफी-२०८१ को पहिलो दिन आइतवार महिला ८ सय मिटर दौडमा श्री नं.१६ बाहिनी अड्डाकी एन्जिला कार्की विजयी भएकी छिन्। त्यसमा श्री मध्य पूर्वी पृतनाकी करिश्मा पुन दोस्रो र श्री उपत्यका पृतनाकी लिजा लम्तरी मगर तेस्रो भइन्। त्यस्तै पुरुष १५ सय मिटर दौडमा श्री नं.१६ वाहिनी अड्डाका रामचन्द्र बानियाँ विजयी भए। […]

Success

Thank you for your time.