6 months ago
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधान सेनापति ट्रफी-२०८१ को पहिलो दिन आइतवार महिला ८ सय मिटर दौडमा श्री नं.१६ बाहिनी अड्डाकी एन्जिला कार्की विजयी भएकी छिन्।
त्यसमा श्री मध्य पूर्वी पृतनाकी करिश्मा पुन दोस्रो र श्री उपत्यका पृतनाकी लिजा लम्तरी मगर तेस्रो भइन्।
त्यस्तै पुरुष १५ सय मिटर दौडमा श्री नं.१६ वाहिनी अड्डाका रामचन्द्र बानियाँ विजयी भए। श्री विशेष फौज बाहिनीका अक्कल बहादुर पाल दोस्रो र श्री विशेष फौज वाहिनी गणेश सिंह रावत तेस्रो भए।
प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी-२०८१ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए।
नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीकल पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट प्रधान सेनापति ट्रफी सुरु भएको थियो।
उद्घाटनमा सहभागी पृतना तथा वाहिनीका टोलीले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।
असोज १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती वाहिनी र विशेष फौज वाहिनीका जम्मा १४ वटा टोलीको सहभागिता छ ।
प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटवल र फुटबल खेलहरू सञ्चालन हुने बताइएको छ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]